१० मंसिर २०८१ सोमबार
image/svg+xml

विपन्न महिलाकाे निशुल्क उपचार

आर्थिक अवस्था कमजाेर भएकी प्युठानकी एक महिलाको निशुल्क उपचार गरिएकाे छ । चार वर्षदेखि खुट्टामा रहेको रड निकाल्न नसकेकी धनी विककाे स्थानीय राज बस्नेतकाे पहलमा निशुल्क शल्यक्रिया गराइएकाे हाेा।

विपन्नको बजेट अन्तै खर्च

सरकारले विपन्न वर्गको उत्थानको लागि आएको हरेक वर्ष बजेट छुट्याउँछ । तर, विभिन्न बहानामा उक्त रकम अन्यत्रै खर्च गर्ने प्रवृत्ति छ । यसको ज्वलन्त उदाहण हो, ललितपुर महापालिकाको वडा नम्बर १४ ।

विपन्न बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आग्रह

मन्त्रिपरिषद बैठकले विपन्न, गरिब तथा सीमान्तकृत बालबालिका खोजी गरि विद्यालयमा भर्ना गर्न केन्द्र तथा प्रदेश सरकारका मन्त्रीहरुलाई निर्देशन दिएको छ।

लघुवित्तले विपन्न वर्गलाई ऋण दिन छाडे

लगानीयोग्य पुँजी (तरलता) को अभाव भएको भन्दै वाणिज्य बैंकहरुले लघुवित्तलाई कर्जा दिन छाडेपछि त्यसको मार विपन्न वर्गमा परेको छ । बैंकहरुले तरलता अभाव भएको भन्दै लघुवित्त मार्फत प्रवाह हुने कर्जा पनि कटौती गरेका छन्।

विपन्नको जीवन : ऋणमै सुरु, ऋणमै अन्त्य

साविक हनुमाननगर–७ (हाल धनगडीमाई नगरपालिका–३) को सडकछेउस्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन् । तिनैमध्ये एउटा छाप्रोमा सुकनी सदायको पाँचजनाको परिवार अटाएको छ । चार छोरी र एक छोरा गरी पाँच सन्तानमध्ये दुई छोरीको विवाहमा सर्वस्व गुमाइसकेकी उनलाई बाँकी सन्तानको भविष्यले चिन्तित बनाएको छ ।

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ।

हर्षको सीमा छैन विपन्न बस्तीमा

‘सहरतिर घुम्न जाँदा मनको कुनामा यस्तो घर आफ्नो पनि भए हुन्थ्यो भन्ने लाग्थ्यो,’ पुस्तौंदेखि फोहोर छाप्रोमा जीवन गुजार्दै आएकी १०६ वर्षीया रमकलिया देवी भन्छिन्, आफ्नै यस्तो घर होला भन्ने सपना पितापुर्खाले पनि देखेका थिएनन्।’

विपन्न समुदायका विद्यार्थीहरुलाई सोलार वितरण

जाजरकोटका विपन्न समुदायका विद्यार्थीहरुका लागि सोलर बत्ती वितरण गरिएको छ। पढ्नका लागि सजिलै उज्यालो बत्ती पाउन नसक्ने बिद्यार्थीहरुका लागि सोलार वितरण गरिएको हो।

विपन्न परिवारलाइ पाँच सय बढी कम्बल वितरण

अत्याधिक चिसो बढ्दै गएपछि सिन्धुलीको दुधौली नगरपालिकाका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। रेडक्रस शाखा सिन्धुलीको सहयोगमा दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले झन्डै पाँच सय मुशहर समुदायका परिवारलाई कम्बल वितरण गरेको रेडक्रस शाखा सिन्धुलीले जनाएको छ।

विपन्नलाई थाहै छैन उपचार सहुलियत

चुलाचुली गाउँपालिकाकी विष्णुमाया लिम्बूलाई बारम्बार पेट र टाउको दुख्ने, हातखुट्टा गलेर आउने अनि खाना खानै मन नलाग्ने समस्या छ । ५४ वर्षीया विष्णुमाया कुनै बेला घरको काम गर्दागर्दै फत्रक्क हुन्छिन् । केही घन्टा आराम नगरेसम्म उनी काममा फर्किन सक्दिनन् ।

मेगाले विपन्नका लागि ४ अर्ब रुपैँया लगानी गर्ने

मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपैंया पु¥याउने भएको छ।

विपन्न वर्गको ब्याज बढ्यो, लघुवित्तको नाफा घट्यो

बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको ब्याजदर बढाएका कारण लघुवित्त कम्पनीको नाफा ८–१० प्रतिशतले घटेको छ ।

चितवनमा विपन्नलाई कडा रोगको उपचार सुरु

चितवनको पुरानो मेडिकल कलेजमाअब नेपाल सरकारले तोकेको कडा रोगहरुको पनिउपचार पाइने भएको छ। कडा रोगमध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनलइन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्सको उपचार तथा हेमोडायलाइसिस सेवा सुरु भएको अस्पतालकाप्रमुख सञ्चालनअधिकृत डा सुप्रभातश्रेष्ठले बताएका छन्। यो सुविधापाउन सेवाग्राहीले स्थायीबसोबास भएको स्थानीय निकायबाट विपन्नताको सिफारिस लिइअन्यआवश्यककागजात सहितजिल्लाजनस्वास्थ्यकार्यालयमागई जिल्लास्तरीय सिफारिस पत्रल्याउनुपर्ने अस्पतालले जनाएको छ।

विपन्न विद्यार्थीकाे काेषमा एक लाख

पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट एक लाख सहयोग प्राप्त भएको छ । गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न स्थापित उक्त कोषमा अमेरिकामा रहेको ग्लोबल एक्सन कोलिसनमार्फत एक लाख ३ हजार सहयोग प्राप्त भएको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिए ।

विपन्न बालबालिकाकी 'आमा'

बानेश्वरवासी प्रकृतिले काठमाडौं र ललितपुरका विभिन्न सरकारी स्कुलमा पढ्ने १७ जना बालबालिकाको मासिक शुल्क, किताब, कापी, स्कुल डे्रस, खाजा खर्चलगायतको व्यवस्था गर्दै आएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्