रोगसँग पौंठेजोरी खेल्दै विपन्न
चरम गरिबीले थलिएको विश्वकर्मा र धिमाल परिवारलाई रोगको बोझले झनै सताएको छ। सरकारको निःशुल्क उपचार यी परिवारको पहुँचमा छैन। रोगले शरीर दुख्दा आफ्नै कमाइले अलिअलि गरेको मलमपट्टीले क्षणिक पीडा लुकाउने मात्र हो।
चरम गरिबीले थलिएको विश्वकर्मा र धिमाल परिवारलाई रोगको बोझले झनै सताएको छ। सरकारको निःशुल्क उपचार यी परिवारको पहुँचमा छैन। रोगले शरीर दुख्दा आफ्नै कमाइले अलिअलि गरेको मलमपट्टीले क्षणिक पीडा लुकाउने मात्र हो।
गरिब, असहायलाई उपचार खर्च उपलब्ध गराउन सुरु गरिएको आर्थिक सहायता वितरण अहिले राजनीतिक दलका कार्यकर्ता पोस्ने गतिलो अस्त्र बनेको छ।
स्थानीय तहको चुनाव नजिकिए सँगै सदरमुकाम जलेश्वरलगायत जिल्ला भरिकै शहरी तथा ग्रामीण क्षेत्रमा चुनावको सरगर्मी बढ्न थालेको छ। राजनीतिक दलका नेता कार्यकर्ता र चुनावबारे जानकार र जागरुक मतदाताहरुमा चुनावको चर्चा सर्वत्र छ तर महोत्तरीकै तीन नगरपालिका र १२ गाउँ पालिकामा छरिएर रहेका अतिविपन्न समुदायमा चुनावको न त कुनै चर्चै छ न त उत्साह नै।
रौतहटके दीपहीस्थित एक विपन्न दलितको घरमा आगलागी हुँदा ४ चौपायासहित २ लाख रूपैयाँ बराबरकाे क्षति भएको छ।
महँगा निजी अस्पतालले अब विपन्नलाई निश्चित कोटामा निःशुल्क उपचार सुविधा दिनुपर्ने भएको छ। सरकारले ल्याएको नयाँ मापदण्डअनुसार त्यस्ता अस्पतालले पूर्ण शऒ्ढयाको १० प्रतिशत विपन्नका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यान्वयन तयारीमा छ।
मुगु–काठमाण्डौंको एक ईटा भट्टामा रोजगारी उपलब्ध गराईदिने भन्दै मुगुका विभिन्न दलित बस्तीबाट सयौं युवा युवती र बालबालिकालाई बसमा लैजाने तयारी गरिरहेका दुईजनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, कदमाहा–७ का शम्भु सिंहका १८ महिनाका छोरालाई ब्रेन ट्युमर भयो। उनले छोराको उपचारका लागि विराटनगरको सबैभन्दा महँगो अस्पताल रोजेे। आर्थिक हैसियत कमजोर भएका सिंहले ‘सर्वस्व’ सकेर पनि छोरालाई बचाउन चाहन्थे।
पोषण कार्यक्रम वितरण हुन थालेपछि सिरहा चन्द्रअयोध्यापुर गाउँका विपन्न समुदाय खुसी महसुस गरेका छन्। पोषण कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलामा अण्डा वितरण हुन थालेको छ।
बिपन्न समुदाय लक्षित पोषण कार्यक्रम ‘सुनौला हजार दिन’ को बजेट भ्रष्टाचार गर्नमा जिल्ला विकास समितिकै संरक्षण रहेको पाइएको छ। एउटा कार्यक्रम सम्पन्न नहुँदै अर्को बजेट निकासा दिएर जिल्ला विकासले भ्रष्टाचारलाई बढावा दिँदै आएको पाइएको छ।
विपन्न समुदायका महिला र बालबालिका लक्षित पोषण आयोजना ‘सुनौला हजार दिन’ को कार्यविधि लत्याउँदै कार्यक्रम संचालित गाउँ वस्तीमा गैरविपन्न परिवारलाई सुविधा बाँडेको पाइएको छ। विपन्न, दलित र सीमान्तकृत समुदायका गर्भवती, गर्भवती हुन चाहना राख्ने महिला र दुई वर्ष मुनिका बच्चालाई कार्यविधिले लाभग्राही मानेको छ।
विपन्न वर्गमा बैंकहरुले २ प्रतिशत आफैं सक्रिय भएर लगानी गर्नुपर्ने व्यवस्थाको बैंकरहरुले विरोध गरेका छन्। नेपाल राष्ट्र बैंकले गत बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/०७४ को मौ›िक नीतिमार्फत कुल लगानीको ५ प्रतिशतमध्ये २ प्रतिशत आफैंले विपन्न वर्गमा गएर लगानी गर्नुपर्ने व्यवस्थाको उनीहरुले खुलेर विरोध गरे।
मोरङ सोरभाग–२ कि समु खातुन तरकारी व्यापार गर्छिन्। कर्सिया बजारमा तरकारी बेचेर उनले राम्रो आम्दानी गर्न थालेकी छन्। केही वर्ष पहिलेसम्म घरधन्दामै सीमित हुने समु यतिबेला व्यवसायी भएकी छन्।
गर्भवती महिला र दुई वर्षमुनिका शिशुका लागि पोषण लक्षित ‘सुनौलो हजार दिन’ कार्यक्रम सञ्चालनमा आएको यो तेस्रो वर्ष हो। मुलुकको १५ जिल्लामा सञ्चालित यो कार्यक्रम पोषण लक्षितभन्दा चर्पी निर्माणमा केन्द्रित भएको पाइएको छ।