मोर्चाको अवरोधले मतदान केन्द्र पुनरावलोकन बैठक निष्कर्षविहीन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक अवरोध गरेकाे छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक अवरोध गरेकाे छ ।
राजापुरस्थित ८६ र ८७ नं. सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले अवरोध गरेको छ। चैत १६ र १७ गते नेपाल–भारत सीमा छुट्याउने अन्तर्राष्ट्रिय सिमानामा पर्ने दशगजाबाट करिब ८० मिटर उत्तरको नेपाली भूमिमा तारबार लगाउँदा एसएसबीले अवरोधको प्रयास गरेको हो।
कर्मचारीको संख्या थोरै हुँदा ललितपुरका ६ स्थानीय तहमा प्रशासनिक काममा अवरोध पुगेको छ। पहिलाकै कर्मचारी समायोजन गरी दैनिक प्रशासनिक काम थालिएको छ।
सरकारले स्थानीय तह पुनसंर्चना गरे अनुसार महोत्तरीमा तोकिएको स्थानीय तह अन्तर्गत ३ नगरपालिका र १२ गाउँपालिका कार्यान्वयन तर्फ अगाडि बढाए संगै ७ वटा गाउँपालिमा विरोध भएको छ ।
मानवअधिकारवादी तथा विभिन्न दलका नेताले एउटा दलको शान्तिपूर्ण जुलुस र सभा अर्को दलले बिथोल्न खोज्नु गैरराजनीतिक व्यवहार भएको टिप्पणी गरेका छन्। लोकतन्त्रमा सभासम्मेलन गर्न पाउनु सबैको अधिकार भएको भन्दै उनीहरूले शान्तिपूर्ण कार्यक्रमलाई बिथोली स्थिति तनावपूर्ण बनाउन खोज्नु लोकतन्त्रको उपहास भएको पनि बताएका छन्।
योग्यताबिना स्वतः (लोकतान्त्रिक) बढुवा पाएका स्वास्थ्यकर्मीले स्वार्थकेन्द्रित माग राखेर स्वास्थ्य सेवा अवरोध गर्न थालेको अढाई महिना भइसकेको छ। कार्यस्थल छाडेर स्वास्थ्य सेवामा अवरोध पु¥याउनु चरम अनुशासनहीनता हो। उनीहरूले शनिबार पोलियोको बढी जोखिम रहेको १५ जिल्लाका १६ लाख २८ हजार बालबालिकालाई खोप दिने कार्यक्रममा असहयोग मात्रै होइन, ‘तालिबानी शैली’ मा अवरोध नै गरे !
स्वास्थ्य मन्त्रालयले पोलियो थोपा अभियान अवरुद्ध गरेको अभियोगमा तीन जिल्ला स्वास्थ्य प्रमुख सहित १८ जनालाई आइतबार निलम्बन गरेको छ। निलम्बनमा पर्नेमा सिरहा, सप्तरी र धनुषाका प्रमुखहरु क्रमशः दयाशंकर लाल कर्ण, नागेन्द्र चौधरी र सच्चितानन्द देव छन्।
राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दलका कार्यक्रममा अवरोध नगर्ने आग्रह गरेको छ। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्ना फरक मत र विचारहरु राख्ने शान्तिपूर्ण बाटोहरु हुँदाहुँदै नेकपा (एमाले) को पूर्व निर्धारित कार्यक्रममा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्नु मानव अधिकारको मूल्य मान्यता विपरीत भएको बताएको छ।
पोलियो थोपा खुवाउन अवरोध गर्ने स्वास्थ्यकर्मीलाई पक्राउ गरी प्रचलित कानून बोजिम कारवाही गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।
स्वास्थ्य सेवा प्रवाहकै लागि सरकारी नुनपानी खाएका स्वास्थ्यकर्मीले १५ जिल्लाका १६ लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप (थोपा) दिने कार्यक्रम 'तालीवानी शैली' मा अवरुद्ध पारेका छन्। दसवर्षे सशस्त्र द्वन्द्वका समयमा समेत विद्रोही पक्षले अवरोध नगरेको खोप कार्यक्रम स्वास्थ्यकर्मीकै कारण अवरुद्ध भएको हो।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवाहरु निर्वाध रुपले सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई आह्वान भएको छ। मन्त्री थापाले शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ ख को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षणभएको जनाएका हुन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. बंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुंगोमा पुर्याउनका लागि एमालेले कुनै पनि अवरोध नगर्ने स्पष्ट पारेका छन्।
कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ।
सरकारले आइतबार बस्ने संसद् बैठकमा संविधान संशोधन विधेयक टेबुल गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार मधेस केन्द्रित विभिन्न राजनीतिक दलका नेतासँगको कुराकानीमा संशोधन प्रस्ताव टेबुल गर्ने आश्वासन दिएका हुन्।