३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

स्थानीयको अवरोधले काठमाडौँ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो ।

स्थानीयको अवरोधका कारण ठूला सडक विस्तार अलपत्र

स्थानीयवासीले सडक विस्तारमा सहयोग नगरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएका अधिकांश सडक अलपत्र परेका छन् । अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्री अस्पताल हुँदै सिद्धिकाली चोक पुरानो बाटो सडक निस्कने सडक विस्तार कार्य अलपत्र परेको छ ।

निर्वाचनबारे छलफल थाले संसदको अवरोध हट्छः महासचिव पोख्रेल

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले संविधान संशोधन प्रस्ताव स्थगित गरेर निर्वाचन सम्बन्धी छलफल सुरु गरे संसदको अवरोध तत्काल हट्ने बताएका छन्। प्रेस चौतारी बाग्लुङले आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले निर्वाचनबारे छलफल गर्न एमाले सधैं तयार रहेको बताए।

भ्रष्टाचारविरुद्ध कुचो लगाउँदा अवरोध : कार्की

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारलाई जरैबाट अन्त्य गर्न खोजेकै कारण आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन्। सर्वोच्च अदालत परिसरमै बिहीबार आफूलाई कालोमोसो दलिएलगत्तै कार्कीले विज्ञप्तिमार्फत भ्रष्टाचारविरुद्ध जहींतहींबाट अभियान सञ्चालन गर्ने जनाएका छन्।

अवरोधको अबाटो

सरकारले संविधान संशोधन विधेयक मंसिर १४ मा दर्ता गराएयता सुरु भएको संसद्को गतिरोध यथावत् छ। प्रमुख दलहरू निकासका निम्ति सहमत हुन नसक्ने हो भने यो गतिरोध अरु केही साता लम्बिने पक्का छ। विगतमा पनि संसदीय गतिरोध दुई महिनासम्म लम्बिएको अनुभव हामीले गरेका छौँ।

संशोधन र संसद् अवरोध

यो विषम अवस्थालाई सम्बोधन गर्न लोकतन्त्रको आधार र प्रस्थानविन्दुका रूपमा रहेको निश्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गर्न नेपालको संविधानले तोकेको समयसीमाभित्र निर्वाचन गराउनु राज्यको पहिलो प्राथमिकता हो।डा.सुरेन्द्र भण्डारी

संसदमा अवरोध सरकार छाड्नुको तुषः उपप्रधानमन्त्री निधि

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संसदमा एमालेले गरेको अवरोधलाई सरकारबाट बाहिरिनुको तुष भएको टिप्पणी गरेका छन्। यसअघि एमाले र कांग्रेसबीचको सहमति नै अहिलेको संविधान संशोधनको सीमांकन भएको भन्दै उनले एमालेको बिरोधको कुनै तुक नभएको बताए।

इन्धन अवरोधमा क्षतिपूर्ति दिन भारतद्वारा अस्वीकार

भारतले फेरिनेपालमा इन्धन आपूर्ति अबरोध गरे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।इन्डियन आयल कर्पोरेसन(आइओसी)ले आगामी दिनमा पेट्रोलियम पदार्थ नियमित रुपमा नदिए व्यावसायिक मान्यता अनुसार क्षतिपूर्ति दिनुपर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको हो।

चिनिया रेलको खबरले रक्सौल तरंगित, ढुवानी अवरोध हट्यो

आइतबारदेखि रक्सौलका स्थानीयले दिएको धर्ना हटेको छ। धर्ना हटेसँगै अवरुद्ध रहेको ढुवानी पुनः सूचारु भएको छ। रक्सौल स्टेशनको मालगोदाममा नेपालका लागि आउने क्लिंकरलगायत बस्तुको धुलोले हुने प्रदुषणबाट असह्य भएपछि स्थानीयबासीले ढुवानी रोक्न भन्दै धर्ना दिएका थिए।

'एमालेले संसद् अवरोध फिर्ता गर्छ'

वर्षमान पुन माओवादी केन्द्रका नेता हुन्। प्रधान मन्त्री पुष्पकमल दाहालको नजिकका मानिने उनी पार्टीमा पनि राम्रो पकड राख्छन्। सरकारले संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको मधेसी दल तथा ५ नं. क्षेत्रका जनताले विरोध गर्नुको कारण स्पष्ट नबताए पनि उनले प्रमुख प्रतिपक्षी एमालेका गातिविधिचाहिँ लोकतान्त्रिक नभएको दाबी गरे।

निर्वाचन कानुन ल्याइए संसद्को अवरोध हटाउन एमाले लचिलो

संविधान संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने भएको छ । सरकारले यही मङ्सिर १४ गते आफूहरुसँगको सहमतिबिना प्रदेशको सिमाना हेरफेरसहित व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराएको जनाउँदै एमाले र अन्य विपक्ष दलले सदन र सडकमा प्रतिरोध गर्दै आएका छन्।

संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको अवरोध हट्दैन: सचिव आचार्य

नेकपा एमालेका सचिव तथा प्रदेश नं १ का प्रमुख भीम आचार्यले संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जाने बिषय एमालेले स्विकार नगर्ने बताएका छन्। उनले संसदमा निर्वाचन सम्वन्धी कुनै पनि बिधयेक दर्ता भएमा एमालेले त्यस माथिको छलफलमा बिरोध वा अवरोध नगर्ने पनि बताए।

फरक धारमा नेम्वाङः संसद अवरोध नगराैं

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसैसाता संघीयताबारे पुनर्विचार गर्न सकिने अभिव्यक्ति दिएका थिए। तर नेम्वाङले संविधान सभाको ९० प्रतिशतको हस्ताक्षरले घोषणा गरेको संघीयताबाट पछि हट्नेबारे सोच्न नहुने बताए।

एमाले अवरोधप्रति कांग्रेस सांसदको आपत्ति

नेपाली कांग्रेसका सांसद्हरुले संविधान संशोधन विधेयकलाई नेकपा एमालेले राष्ट्रघातको संज्ञा दिएको भन्दै कडा आपत्ति जनाएका छन्। तराई-मधेसका २७ जना सांसदले विज्ञप्ति जारी गर्दै मधेसी जनताको मागअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त विधेयक दर्ता गराएको भन्दै संशोधन विधेयक स्वागतयोग्य रहेको उल्लेख गरेको छ।

नगरपालिका संघको कार्यशालामा मधेसी दलको अवरोध

–नयाँ संविधान अनुरुप बनेको स्थानीय निकायसम्बन्धी प्रावधानबारे जानकारी गराउने तथा सम्भावित स्थानीय तहको संरचनावारे विमर्श गर्न आयोजित कार्यशालामा मधेश केन्द्रित दलका नेताहरुले होहल्ला गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्