२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दारी भाइको चियापसल

सडक छेउमै राखिएको साइनबोर्डमा ठूलो अक्षरले लेखिएको छ– दारी भाइको चिया पसल। त्यहीँमुन्तिर लेखिएको छ, ‘परिश्रम गर्ने भनेकै देशमा हो, विदेश त हेर्न–घुम्न पो जाने हो।’

पूर्वमा आत्मीय होमस्टे

घाम बादलभित्र लुक्ने तर्खरमा थियो। सिरसिर चिसो वतास चल्दै थियो। हामी कन्याम चियाबगान घुमिवरी सिद्धीखोलबाट करिब ९ किमि हिँडेर ३ बजेतिर पुग्यौं इलामको श्री अन्तुडाँडा (१,७०० मिटर)। चिटिक्क घर, सफा आँगन, आँगनभरि ढकमक्क फूल। पुग्ने वित्तिकै घरभेटी दिदीले खादा ओढाइदिनु भयो।

सबैको प्रिय लक्ष्मण दाईको चिया

वरिपरि घेरिएर बसेका केही मानिसहरु, कोही चियाको चुस्कीको मजा लिइरहेका थिए भने, कोही चियाको प्रतीक्षामा कुरिरहेका थिए। पानीलाई छेक्न पलास्टिकको ओत लगाइएको थियो। हेर्दा सानो झुप्रो जस्तो देखिन्थ्यो। बिचमा एउटा स्टोभमा दम दिँदै चिया उमाल्न व्यस्त थिए लक्ष्मण खड्का (६०)। बुधबार सिमसिम झरी परेका समयमा वीर र अस्पताल नजिकैको चिया पसलको दृश्य हो यो।

चियाको नेपाली जात विकास गर्न माग

चिया किसान र उद्योगीले नेपाली चियाको बेग्लै (क्लोन) प्रजाति उत्पादन गर्नेगरी अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्वबजारमा उत्पादनको ब्रान्ड चिनाउनै समस्या परेको उनीहरूको गुनासो छ।

घुम्ती चिया पसल

चिसो मौसम। यतिबेला धेरैजसोको बिहान सिराकभित्रै बित्छ। तर, गीता खरेलको दैनिकी भिन्न छ। बिहानको ४ बज्दै निन्द्राले छोड्छ उनलाई। चिया बनाएर बिहानै ग्राहकलाई पुर्याउन हतारिन्छिन् उनी। उनी बिहान ५ बजे चिया बेच्न निस्किसकेकी हुन्छिन्।

सहरी स्वाद : चिसोमा तात्तातो ‘कफी’

कफी खाने प्रचलन १६ औैं शताब्दिदेखि सुरु भएको मान्न सकिन्छ। युरोपको माल्टा (टापु)मा पहिलोपटक कफी प्रस्तुत गरिएको थियो। नेपालमा पाँच–सात वर्षदेखि कफी खाने प्रचलन निकै बढेको व्यापारी बताउँछन्। चिया पसलदेखि स्टार होटल सम्म कफीलाई ‘मेन्यु’का रूपमा राखिएको पाइन्छ। यसो त चियामा पनि कफी राखेर पिउने चलन यदाकदा देख्न सकिन्छ।

गुप्तचर पूर्वप्रमुखलाई आजीवान कारावास

घुस लिएको र गोप्य रूपमा व्यापार गरेको अभियोगमा चीनका गुप्तचर पूर्वप्रमुख मा चियानलाई आजीवन कारावासको सजाय दिइएको छ।

चियाको ट्रेडमार्क कागजमै सीमित

नेपालमा उत्पादित अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न ‘ट्रेडमार्क’ तयार गरे पनि कार्यान्वयनमा आउन सकेको छैन। यसले चियाको ब्रान्ड स्थापितमा समस्या भएको छ। विदेशी क्रेताको उपस्थितिमा गत वर्ष चैतको अन्तिम साता सगरमाथा आधार शिविर नजिकै स्याङबोचे लगेर ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्ड सार्वजनिक गरिए पनि अहिलेसम्म प्रयोगमा आएको छैन।

चियामा विविधता खोज्दै विदेशी व्यापारी

तेस्रो मुलुकका व्यापारी र उपभोक्ताको मागअनुसार नेपाली व्यवसायीले तयारी चियाको विविधतालाई प्राथमिकता दिन थालेका छन्। विदेशी व्यापारीले यसअघिसम्म अर्गानिकको आधारभूत सर्तमा चित्त बुझाउने गरेपनि अचेल चियाको प्रकार रोज्न थालेका हुन्।

चियाको ब्रान्ड प्रवद्र्धन गर्न माग

नेपाली चियाको ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्योगीले माग गरेका छन्। नेपाली बगानमा अर्गानिक चिया उत्पादन भए पनि चियाको ब्राण्डिङ नहुँदा अन्तर्राष्ट्रिय बजारमा उचित मूल्य पाउन नसकेको बताए।

कांग्रेसको चियापानमा दाहालले भने : फेरि राष्ट्रिय एकता आवश्यक छ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशमा फेरि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुँदै अध्यक्ष दाहालले राष्ट्रिय एकता आजको आवश्यक भएकाले सबैले माहोल बनाउनुपर्ने बताए।

यस्तो रहयो कांग्रेसको चियापान(फाेटाे फिचर)

प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसले आज  विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान आयोजना गरेको छ। चियापान कार्यक्रममा विभन्न दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रित गरिएको छ।

कांग्रेसको चियापन सुरु

नेपाली कांग्रेसको चियापान कार्यक्रम सुरु भएको छ। कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान आयोजना गरेको हो। चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसको चियापानमा एक लाखलाई निम्तो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाड पर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि १ लाख जनालाई निम्तो पठाएको जनाएको छ।

नेकपाको चियापानमा देउवाले भने : मेलमिलाप र समृद्धिमा जानुपर्छ

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको बताएका छन्। विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले शनिवार राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सो धारणा व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्