४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काबुल विस्फोटमा सात जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेर २५ मिनेटमा सो विस्फोट भएको थियो।

आलमविरुद्ध सर्वस्वसहित जन्मकैद माग मुद्दा दायर

राजपुर बमकाण्डका मुख्य आरोपी महम्मद आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै सोमबार रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटको सिफारिसअनुसार अदालतमा मुदा दायर गरेको हो।

आलमविरुद्ध जन्मकैद सजाय दाबी

प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गरिएको छ।

प्रहरी सम्पर्कमा घाइते

बम विस्फोटमा सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताएको छ।

मस्जिदमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ।

गुपचुप पार्न खोजिएको रौतहट घटना, यसाे भन्छन् पीडित

बम विस्फोटका क्रममा २२ जनाको ज्यान गएको र घटना गुपचुप पार्न घटनास्थलमा प्रमाण नष्ट गरिएको थियो भने अध्ययनका लागि पुगेका मानवअधिकारकर्मीलाई समेत आक्रमणको प्रयास गरिएको थियो।

चीनमा रासायनिक कारखाना विस्फोट चारको मृत्यु

दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

यसरी परे आफताब कानुनको फन्दामा

बम विस्फोटमा घटनास्थलमै दुईजनाको मृत्यु भएको र अन्य थुप्रै मानिस घाइते भएकोमा घाइतेमध्ये ६ जनालाई जिउँदै जलाएको आरोप आफताबमाथि लागेको छ।

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन्।

खोलामा बगे भनिएका हतियार गोठमा, सूचना लुकाउदै सुरक्षा निकाय

ठूलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ बरामद हुँदा सुरक्षा निकायका अधिकारी भने यस विषयमा खुलेर बोल्न चाहदैनन्। रोल्पामा ठुलो परिमाणमा हतियार भेटिएको कुरा स्थानीय प्रहरीले सूचना पाउनुभन्दा पहिले सुरक्षा निकायको माथिल्लो निकायले जानकारी पाएको थियो।

षडानन्द नगरपालिकामा बम विस्फोट

षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो।

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट

नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ। राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए।

चुनावी अभियान लक्षित विस्फोट, ४८ को मृत्यु

अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित पार्ने लक्ष्यका साथ गराइएको विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

ग्यास सिलिण्डर विस्फोट, चार घर नष्ट

विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्