४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नागरिकता कुनै समुदायको विशेष कुरा होइन, सिंगै देशको साझा सवाल हो: एमाले

नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक टाउका गनेर पारित गरिएकोमा यसको दुष्परिणाम भोग्नुपर्ने बताएको छ। सत्ता गठबन्धनले विधेयकलाई जस्ताको तस्तै पारित गर्ने कुरा गरेकोप्रति एमालेले आपत्ति जनाएको हो।

नागरिकता विधेयकमाथि संसदमा छलफल सुरु,एमालेको असन्तुष्टिबीच आजै पारित गरिँदै

संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। संसदले बहुमतले स्वीकृत गरेको छ।

प्रतिनिधिसभामा नागरिकता विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो प्रस्ताव प्रस्तुत गर्नुहुने हुने संसद्को आजको कार्यसूची रहेको छ।

नागरिकता विधेयक आज फेरि पारित हुँदै

नागरिकता विधेयक पारित भएसँगै बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउने तयारीमा सरकार लागेको छ।

गठबन्धनले नागरिकता विधेयक हुबहु अघि बढाउने

सत्तारुढ पाँचदलीय गठबन्धनले नागरिकता विधेयक संघीय संसद्बाट हुबहु पास गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ।

नागरिकता विधेयक: सत्तापक्षले हुबहु पुन: राष्ट्रपतिकहाँ पठाउने,राष्ट्रिय सहमति बनाउन एमालेको माग

मंगलबार प्रनिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै कँडेलले यस्तो बताएका हुन्। उनले लाखौं नागरिक नागरिकता विहिन भएकाले तत्काल नागरिकता विधेयक ल्याउन आवश्यक रहेको बताए।

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन गठबन्धनको बैठक बसेको थियो। बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ।

विशाल भट्टराईको प्रश्न: सरकार कोसँग सम्झौता गरेर ७ वर्षे व्यवस्था हटाउन जबरजस्ती गरिरहेको?

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक संदेशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा राष्ट्रिय सहमति तय गर्ने सुवर्ण अवसर भएको बताए।

दलहरूको दोहोरो भूमिका

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्लाई फिर्ता गरेपछि सत्तारूढ दलभित्रै ध्रुवीकरण भएको छ।

नागरिकता विधेयक: फास्ट ट्र्याकबाट पुनः राष्ट्रपतिसमक्ष पठाइने

राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्र्याकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता: सत्तापक्ष रुष्ट

संघीय संसद्बाट पारित गरी प्रमाणीकरणका लागि पेस गरिएको नागरिकता विधेयक आइतबार फिर्ता पठाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी फेरि विवादमा तानिएकी छन्।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

‘स्वघोषणा’ शब्दले बालबालिकाको मौलिक हकसम्बन्धी संविधानको धारा ३९ र महिलाको प्रजनन एवं मातृत्वको अधिकार सुनिश्चित गर्ने धारा ३८ सँग मेल नखाएको भन्दै उनले त्यसलाई सच्याउन आग्रह गरेकी छन्।

नागरिकता विधेयक फिर्ता पठाउने ‘मुड’मा राष्ट्रपति

अर्थबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागे पेस भएको १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था संविधानमा छ।

नागरिकता ऐन २०६३ जारी भएपछि ताप्लेजुङबाट २२ जनाले त्यागे नेपाली नागरिकता

कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची–९ बमोजिमको ढाँचामा सूचना दिनुपर्ने व्यवस्था रहेको छ।

कपिलवस्तुमा एक वर्षमा ३२ हजार ८०४ जनाले लिए नागरिकता

कपिलवस्तुमा गत आर्थिक वर्ष २०७८-०७९ मा ३२ हजार ८०४ जनाले नागरिकता बनाएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्