६ आश्विन २०८१ आइतबार
image/svg+xml

६ महिनामा करिब २५ सय संघसंस्थामात्रै सूचीकृत

५५ लाख ९१ हजार रुपैयाँ खर्च गरेर तामझामका साथ सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले सोचे जस्तो सफलता हाँसिल गर्न सकेन।

क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण

चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ।

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ।

सरकारले उपेक्षा गरेको श्रमिकको गुनासो

सरकारले गरेको निर्णयअनुसारको न्यूनतम् ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभएपछि पूर्वका चिया श्रमिकले झन्डै सातादेखि आन्दोलन चर्काइरहेका छन्। दैनिक रोजीरोटी गरेर पेट पाल्ने श्रमिकले काम छाडेर आन्दोलन गरेको लामो समय बितेपनि सरकार श्रमिकको पक्षमा आफैंले गरेको निर्णय कार्यान्वयन गराउन उदासीन देखिएको छ।

सी चिनफिङ विचार विश्वविद्यालयको पाठ्यक्रममा

चीनको ‘सोसियल साइन्स एकेडेमी’ अर्थात् चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानले वर्तमान राष्ट्रपति सी चिनफिङ विचारको व्याख्या गर्दै पुस्तक प्रकाशन गरेको छ। विभिन्न १२ भागमा प्रकाशित पुस्तक चिनियाँ विश्वविद्यालयमा अध्यापन गराइने पाठ्यसामग्रीका रूपमा प्रकाशित भएको बताइएको छ।

सामाजिक सुरक्षाबिनै काम गर्नुपर्ने वाध्यता

करिब ६ दशक निरन्तर काम गरेर पनि जागिर छोड्ने बेला रित्तो हात हुने भएपछि सडक मजदूरहरू चिन्तित बनेका छन्। भौतिक तथा यातायात मन्त्रालयको सडक विभागअन्तर्गत कार्यरत करिब ३ हजार सडक मजदूरले आफूहरूले नेपाल सरकार मातहत काम गर्दै आए पनि विभेदको सिकार हुनुपरेको र आफ्नो गुनासो सुनिदिने कोही नभएको दुःखेसो पोखेका छन्।

सरकारले बन्द गर्ने भनेको सामाजिक सञ्जालको बहस कहाँ पुग्यो ?

कानुनको दृष्टिमा कुनै पनि नागरिकहरुलाई जातजाती, धर्म,लिङ्ग र प्रेस स्वतन्त्रताको आधारमा कुनै पनि विभेद गरिदैन। सबै कानुनी नजरमा समान मानिन्छन। कानुनद्वारा समान संरक्षण प्राप्त गरेका हुन्छन। त्यसैले असल शासन अर्थात विधिको शासनमापदीय आडमा निहित स्वार्थ सिद्धपार्ने दुश्प्रयासलाई घृणा र सामुहिक हकहित तथा ब्यक्तिको जीउँ, धनको संरक्षण दिने विषयलाई प्रोत्साहन दिने परिपाटी रहेको हुन्छ। अहिलेका विकासित देशहरुलाई हेर्ने हो भनेपनि लोकतन्त्र –गणतन्त्र जस्ता शब्दावलीको संज्ञा दिएर सञ्चालन गरिएको शासनमा लेखेर वा बोलेर भन्दा पनि ब्यवहारबाट उच्च नैतिकता, मानवता, पारदर्शिता, जवाफदेहिता जस्ता आधारभूत तत्वहरुको परिपालना गरिएको पाइन्छ। सोही कारण ती राष्ट्रहरु आर्थिक, न्यायिक र विकासका हेतुले मानव सभ्याताको शिखरमा पुगेको दृष्टान्त आज हामि सबैको माझ ताजै छ।

हलो हजुर म गोकर्ण विष्ट बोल्दै छु, के गुनासो छ भन्नुस त ...

सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। मन्त्री विष्टले गुनासोको प्रकृति हेरेर सम्बोधनका लागि सम्बन्धित निकायमा पठाइने उल्लेख गर्दै गुनासोका संवेदनशीलता हेरेर तत्काल समाधान खोजिने बताए।

नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको बताएका छन्।

यसरी बाहिरिएको थियो प्रश्नपत्र

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएपछि परीक्षार्थीलाई फर्काइएको छ। बिहान ७ बजेबाट नै परिक्षा केन्द्रमा उपस्थित परीक्षार्थीहरूलाई बिहान ८ बजे प्रश्नपत्र आउट भएको भन्दै घर फर्काइएको हो।

विकासमा युवालाई संलग्न गराउनु पर्छ

विश्व सामाजिक कार्य दिवसको सन्दर्भमा आयोजित दिगो विकास राष्ट्रिय सम्मेलनमा सामाजिक कार्य विषय अध्ययनले दिगो विकासलाई सहयोग पुग्ने भएकाले सरोकारवाला निकायहरुको समन्वयमा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले सामाजिक कार्य शिक्षा अध्ययन गरेका विद्यार्थीले आफ्नो अध्ययनसँगै सामाजिक कार्यमा समेत लाग्नुपर्ने बताए। ‘सामाजिक कार्य शिक्षा अध्ययन गरेका विद्यार्थीलाई सामाजिक कार्यमा लायाउँदा विद्यार्थी र समाजलाई सकारात्मक बाटोमा डो-याउन सहयोग पुग्छ,’ उनले बताए।

फेसबुकमा पैसा झोस्या झोस्यै गर्ने ?

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन्।

लाखौं कुम्ल्याएर कम्पनी सञ्चालक फरार

‘राम्रो काम गर्छौं, विदेशबाट उन्नत जातको बीउ र बोटबिरुवा दिन्छौं भनेर रकम उठाउन लगाए। तर, तलब सुविधा त के उठाएको पैसासमेत खाएर संस्था नै भाग्यो’, सामाजिक परिचालक पूजा खातीले बताइन्।

'नेपाली मिडिया भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा'

नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीले नेपालमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्। न्यूयोर्कमा बुधबार आयोजित परिवार र सामाजिक सुरक्षा विषयक छलफल कार्यक्रममा बोल्दै ज्ञवालीले मिडियाले अग्रपंक्तिमा रहेर भ्रष्टाचार तथा गलत कार्यका विरुद्ध कलम चलाइरहेको बताइन्। नेपालमा निजी क्षेत्रका मिडियाको आगमनसँगै त्यसले प्रजातान्त्रिक प्रणालीको खबरदारीमा भूमिका खेलिरहेको बताइन्। ‘प्रजातन्त्रको पुनःस्थापनापछि मिडियाले जीवन्त बन्ने अवसर पाएका छन्,’ ज्ञवालीले भनिन्। एक दशक लामो गृहयुद्धको अन्त्यका लागि पनि नेपाली मिडियाको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

समान सोचमा श्रमिक महिला

विश्वमा अहिलेसम्म देखिएका विभिन्न सामाजिक अभियान तथा आन्दोलनहरू कुनै पनि मौजुदा व्यवस्था परिवर्तनका लागि हुने गरेको  पाइन्छ । विश्वका अन्य मुलुकहरूमा जस्तै हाम्रो देश नेपालमा पनि विभिन्न कालखण्डमा भएका थुप्रै आन्दोलनले राजनीतिक, आर्थिक तथा सामाजिक न्याय एवं परिवर्तनको बाटो लिएको र आन्दोलनको सकारात्मक उपलब्धिहरूको साथमा  एउटा समयको अन्त्य भई नयाँ व्यवस्थाको उदय हुँदै आएको कुरालाई आत्मसात् गर्न सकिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्