८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

भारतको आर्थिक बृद्धिदर ७.१ प्रतिशत

भारतमा आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ। केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक बर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ।

बेलायत गरिब हुने सरकारको चेतावनी

युरोपेली संघमा बस्नुको दाँजोमा ब्रेक्जिट (युरोपेली संघबाट बेलायतको बर्हिगमन)को कुनै पनि प्रकारले बेलायतलाई आर्थिक रूपमा झनै गरिब बनाउने एक सरकारी विश्लेषणले सुझाव दिएको छ।

आर्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छन्। उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को प्रथम बैठकलाई साेमवार सिंहदरबारमा सम्बोधन गर्दै उनले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिन्छ भने।

समावेशी विकास : के र कसरी?

आर्थिक वृद्धिलाई मात्र विकास ठान्ने परम्परागत अर्थराजनीतिक दृष्टिकोणमा परिवर्तन आई विकासलाई सामाजिक, आर्थिक र वातावरणीय आयामबाट हेर्ने विस्तृत दृष्टिकोण स्थापित भएको छ।

खेर गएको मानव पुँजी

अहिले संसारका कुनै पनि मुलुक आर्थिक दृष्टिकोणले सम्पन्न र शक्तिशाली बन्ने होडमा छन्। त्यसैले आर्थिक प्रतिस्पर्धामा खरो उत्रन सबै मुलुक आफ्नो अर्थतन्त्र मजबुत बनाउने प्रयासमा छन्। अर्थतन्त्र मजबुत बनाउने क्रममा लगानीका विविध क्षेत्र पहिचान गर्दै तिनमा लगानी प्रवद्र्धन गरेर उत्पादकत्व र उत्पादन वृद्धिमा विश्वका हरेक मुलुकको ध्यानकेन्द्रित भइरहेको छ।

प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने

प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघको पहिलो साता विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्ड जाने भएका छन्। मञ्चको वैठक स्वीट्जरल्याण्डको डाभोसमा हुँदैछ।

अभिभावकविहीन सात बालबालिकालाई सहयोग जुट्ने क्रम जारी

बाबुआमाकै मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङका सात बालबालिकालाई हङकङबाट थप आर्थिक सहयोग प्राप्त भएको छ।

‘नेपाल अब आर्थिक समृद्धिको यात्रामा’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताएका छन्।

टुहुरा बालबालिकालार्इ डा. भुसालको अार्थिक सहयाेग

बाबुआमाको मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ।

बराहकोट विद्यालयलाई २ लाख सहयोग

गत असार ११ मा गएको बाढी पहिरोले क्षतिग्रस्त बागलुङको बरेङ्ग गाउँपालिका २ स्थित ‘श्री बराहकोट प्राथमिक विद्यालय’ काफलठुटा हुग्दीशिरलाई ‘द ह्वाइट् जोन’द्वारा आर्थिक सहयोग प्रदान गरिएको छ। शुक्रवार आयोजित समारोहमा ‘द ह्वाइट् जोन’ का पदाधिकारीले विद्यालयलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।

१० मन्त्रालयको खर्च १० प्रतिशत मात्र

मुलुकको आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएको सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म विकास खर्च त्यस अनुसार गर्न नसकेको पाइएको छ। पहिलो तीन महिना सकिँदा सरकारले गरेको विकास खर्च विगतमा जस्तै निराशाजनक छ।

एक दिनको व्यापार घाटा ३ अर्ब ८८ करोड

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा दैनिक तीन अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

निवेदन लिने, आर्थिक सहायता नदिने

वैदेशिक रोजगार नियमावलीको अस्पष्टताले घरबिदामा आउँदा ज्यान गुमाएका कामदारका आफन्त आर्थिक सहायता पाउनबाट वञ्चित भएका छन् । अघिल्लो वर्षदेखि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले घरबिदामा आएका कामदारको निधन भएको खण्डमा आर्थिक सहायता दिन भन्दै निवेदन संकलन गर्न थालेको थियो।

अमिताभले ८५० किसानको ऋण तिरिदिने

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले गरिब किसानको ऋण तिर्ने बताएका छन्। अमिताभले उत्तर प्रदेशका ८ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा मद्दत गर्ने घोषणा गरेका हुन्।

ललितपुर महानगरले थ्री स्टार क्लबलाई ३२ लाख दिने

ललितपुर महानगरपालीकाले रुस्लान थ्री स्टार क्लबलाई २८ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्