८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

कोरा ‘अर्थ मानव’को दिशातर्फ

कुनै पनि देशको अर्थव्यवस्था उपलब्ध साधनको प्रभावकारी प्रयोग तथा संरक्षण एवं संवर्द्धन र सम्भावित साधनको खोज एवं व्यवस्थापनबाट मानिसको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने विषयसँग जोडिएको हुन्छ। यो राजनीतिक दर्शनलाई नतिजामा रूपान्तरण गर्ने उपयुक्त पद्धति पनि हो।

'क्षेत्रीय सहकार्यमा नेपालको जोड'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको दाभोस पुगेका प्रधानमन्त्री ओलीले मंगलबार ‘स्टार्टेजिक आउटलुक अन साउथ एसिया’ कार्यक्रममा नेपालले क्षेत्रीय सहयोग र सहकार्यमा जोड दिएको बताएका हुन्।

अस्तव्यस्त कर्णाली सरकार

चालू आर्थिक वर्षको सुरुमै कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको कार्ययोजनाअनुसार काम भएको भए अहिलेसम्म यहाँका १० वटै जिल्लामा धमाधम विकास निर्माणका गतिविधि भइरहेका हुन्थे। कार्ययोजनाअनुसार कात्तिक मसान्तभित्रै सबै मन्त्रालयले विकास बजेटमार्फत ठूला योजनाको बोलपत्र मूल्यांकन, स्वीकृत, ठेक्का सम्झौता र कार्यादेश स्वीकृत भइसक्थ्यो। चालू आर्थिक वर्षको छ महिना सम्पन्न हुँदा पनि प्रदेश सरकारको विकास बजेट खर्च एक प्रतिशत पुर्‍याउन सकेको छैन।

विश्व आर्थिक मञ्चमा ओलीले भने : नेपालमा लगानी गर्नुस

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरेका छन्। स्वीट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ‘दक्षिण एसियामा रणनीतिक परिदृष्य’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्य एसियाली मुलुकसँग व्यापार सम्बन्ध जोड्नका लागि विदेशी लगानी, प्रविधिको प्रयोग र नयाँ प्रविधि भित्र्याउन नेपालले प्रयास गरिरहेको उल्लेख गरे।

आर्थिक प्रलोभनमा परे कडा कारबाही : आइजिपी

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी कुनै पनि कर्मचारी आर्थिक प्रलोभनमा परेको जानकारीप्राप्त भए कडा कारबाही गर्ने चेतावनी दिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंस्थित नवनिर्मित नागरिक सहायता कक्षको आइतबार उद्घाटन गर्दै महानिरीक्षक खनालले प्रहरी कर्मचारीले आर्थिक प्रलोभनमा परेको र दुई रुपैयाँ नै किन नहोस्, घुस खाएको भेटिए कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।

नेपालकाे प्राथमिकतामा अन्तर्राष्ट्रिय लगानी, प्रविधि र ज्ञान

मुलुकको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय लगानी, प्रविधि र ज्ञान भित्र्याउन पहल गरिने भएको छ । वल्र्ड इकोनोमिक फोरमको ४९औं वार्षिक बैठकमा सहभागी हुन आइतबार स्विट्जरल्यान्ड जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नेपालले प्राथमिकतामा राखेका विषयबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछन् ।

१२ वर्षमा पनि निस्केन निकास

अधिकार र पहिचानका मुद्दा उठाउँदै २०६३ सालयता मधेसले तीन चरणका आन्दोलन गरिसकेको छ। यस क्रममा मधेसले थुप्रै मानिस गुमायो, ठूलो भौतिक र मानवीय क्षति बेहो-यो। थुप्रै उपलब्धि पनि हासिल भए। मधेस विद्रोहको पहिलो दिन २०६३ माघ ५ मा लहानमा रमेश महतो मारिए। त्यसयता मधेसमा भएका आन्दोलनमा डेढ सयजनाले ज्यान गुमाएका छन्।

स्विजरल्याण्ड भ्रमणमा प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्याण्ड भ्रमणको क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले माघ ८ देखि ११ गतेसम्म डाभोसमा हुने विश्व आर्थिक सम्मेलनमा भाग लिने छन्। उनले सो क्रममा स्विजरल्याण्डका राष्ट्रपति विल मिउरे, भियतनामका प्रधानमन्त्री विअन स्वान फुक लगायतलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

१५औं योजनाले असमानता घटाउने योजना समेट्ने

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आफूहरू अहिले १५ औं पञ्चवर्षीय योजना बनाउँदै गरेकाले त्यसमा आर्थिक असमानता न्यून गर्ने खालका योजना समेट्ने जानकारी दिएका छन्। समानता र असमानताका विषयलाई आर्थिकमात्र नभई सामाजिक र राजनीतिकरूपले पनि हेर्नुपर्नेमा उनले जोड दिए। ‘मुलुकले ठूलो राजनीतिक रूपान्तरण गरेको छ अबको चरण भनेको आर्थिक रूपान्तरण हो,’ उनले भने, ‘त्यसपछि बल्ल नेपाली समाज सामाजिक रूपान्तरणको अभियानमा लाग्नेछ।’

१० प्रतिशत धनीसँग ४० प्रतिशत गरिबको भन्दा २६ गुना बढी सम्पत्ति

नेपालमा अत्यधिक आर्थिक असमानता रहेको र यो दिनानुदिन वृद्धि भइरहेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार १० प्रतिशत धनी नेपालीको आय ४० प्रतिशत गरिब नेपालीको आयभन्दा तीन गुणा बढी छ । सन् २००३/०४ देखि २०१०/११ सम्ममा नेपालको जनसंख्यामध्ये पाँच प्रतिशत धनी मानिसको मात्र आय वृद्धि भएको थियो । अन्यको आय चाहिँ घटेको अध्ययनले देखाएको छ । यसैगरी, नेपालमा बैंकिङ क्षेत्रमा काम गर्ने माथिल्लो तहका प्रबन्धकहरूले औसत कामदारको भन्दा सय गुणा बढी वेतन आर्जन गर्ने गरेको र यही कारण पनि असमानताको खाडल बढिरहेको उदाहरण अध्ययनले दिएको छ ।

निर्यात सीमा ७५ बाट ६० प्रतिशत

सरकारले विशेष आर्थिक क्षेत्र (सेज ) का उद्योगले उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान घटाउँदै ६० प्रतिशतमा झारेको छ। सेजका उद्योगले तोकिएको नियमअनुसार निर्यात गर्ने आत्मविश्वास देखाउन नसकेपछि निर्यातको सीमा घटाइएको हो।

प्रधानमन्त्रीको दाबी : मुलुक आर्थिक समृद्धिको बाटोमा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि एक वर्षको अवधिमा मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढेको दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मात्र होइन, उनकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले समेत सरकारको उपस्थिति नदेखिएको भन्दै गुनासो गरिरहेका बेला आइतबार संसद्लाई सम्बोधन गर्दै उनले मुलुकको हरेक क्षेत्रको सूचाकांक सुधारको बाटोमा गएको विवरण पेस गरेका हुन्।

सहकारीमार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड

सहकारी क्षेत्रको पुँजीलाई उत्पादमूलक क्षेत्रमा प्रयोग गरेर उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने सहकारीका सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५औं साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा सहकारीकर्मीदेखि सरकारी अधिकारीले दैनिक जीवनमा प्रयोग हुने वस्तु विदेशी आयातमा निर्भर हुँदा मुलुकको व्यापार घाटा बढेकोमा चिन्ता व्यक्त गरे।

पाँचखाल सेजमा रुख काट्न सुरु

पाँचखालस्थित विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको काम अघि बढेको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०६८ सालमै सरकारी जमिन (वनक्षेत्र) प्राप्त गरेको भए पनि बल्ल आएर संरचना निर्माणको काम थालनी भएको हो।

स्थानीय सडकमा मुआब्जाको किचलो

स्थानीय सडकको स्तरोन्नतिमा ठाउँठाउँमा देखिएको मुआब्जाको विवाद पर्साको अलौंमा पनि देखिएको छ। पुस्तैनी घडेरी टुक्र्याउदै दुई–तीन धुरमा घर बनाएका सीमित परिवार र आर्थिक बिपन्नताले थोरै घडेरीमा घर बनाएर बस्नेहरु सडक निर्माणले गर्दा उठिबास नै हुने भएपछि स्थानीय विकासका लागि महत्वपूर्ण मानिएको सडकको स्तरोन्नति काम प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्