९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आर्थिक लाभ लिएको भन्दै ‘आप’का २० सांसदको पद खारेज

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आद्मी पार्टी (आप)का २० सांसद (विधायक) अयोग्य ठहर भएका छन्।

चीनमा ७ प्रतिशतले बढ्यो आर्थिक वृद्धिदर

चीनमा यसवर्ष आर्थिक वृद्धिदर ६.९ प्रतिशतले बढेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार ७ वर्षयता पहिलोपटक सन् २०१७ मा चीनको अर्थव्यवस्थामा ६.९ प्रतिशतले वृद्धि भएको हो।

अब देशलाई आर्थिक समृद्धितर्फ लिएर जानुपर्छः लेखक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन्। सोमबार राजधानीमा सुदूरपश्चिम विद्यार्थी एकता समाजद्वारा माघीका अवसरमा आयोजित शुभकामना आदानप्रदान समारोहलाई सम्बोधन गर्दै नेता लेखकले भने– ‘अब देशलाई आर्थिक समृद्धितर्फ लिएर जानुपर्छ।’

अग्नी पीडित परिवारलाई आर्थिक सहयोग

आगलागीमा परी बिचल्नीमा परेका खोटाङका एक अग्नी पीडित परिवारलाई देशबिदेशबाट ८१ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ। गत मंसिर २८ गते भएको आगलागीमा परी बिचल्नीमा परेका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईका परिवारलाई हङकङ, मलेसिया, काठ्माण्डौं लगायतका स्थानमा सञ्चालन गरिएको अग्नी पीडित पुनर्स्थापना अभियानका क्रममा संकलन भएको ८१ हजार ६० रुपैयाँ प्रदान गरिएको हो।

मुलुकको ध्यान आर्थिक विकासमा : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन्।

आगामी वर्ष राष्ट्रिय आर्थिक गणना

सरकारले २०७५ सालमा आर्थिक गणना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले २०७५ वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना गर्न आदेश जारी गर्दै केन्द्रीय तथ्यांक विभागलाई स्वीकृति दिएको हो।

धुर्मुसको एकीकृत बस्ती निर्माणमा आर्थिक अभाव

धुर्मुस सुन्तली फाउण्डेसनले बनाइरहेको रौतहटको एकीकृत नमुना सन्तपुर बस्ती सम्पन्न हुन केही बाँकी रहँदा निर्माणका लागि रकम अपुग भएको छ।

अझै पास भएन ललितकला आर्थिक नियमावली

२०६८ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल सुरु भयो । त्यस बेलाको प्राज्ञ र परिषद्को सिंगो सभाले कर्मचारी नियमावली र आर्थिक नियमावली बनाएर सम्बन्धित निकायमा पठायो । कर्मचारी नियमावली सामान्य प्रशासन मन्त्रालयबाट पारित भएर आयो । प्राज्ञहरूको एक कार्यकाल चारवर्षको रहने गर्छ । तर अर्थ मन्त्रालयमा पुगेको नियमावली दोस्रो कार्यकाल सकिन लाग्दासमेत पारित भएर आएको छैन ।

माघ २४ पछि मुलुक आर्थिक समृद्धितर्फः मन्त्री पोखरेल

विना विभागीयमन्त्री गिरीराजमणि पोखरेलले आउँदो माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनपछि मुलुकले समृद्धिको बाटो तय गर्ने बताएका छन्। मंगलबारदेखि सुरु उदयपुरको कटारी नगरपालिका १ स्थित मावि कालीखोलाको ४० औं वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री पाखेरेलले माघ २४ पछि देश आर्थिक समृद्धितर्फ उन्मुख हुने बताए।

‘आर्थिक समृद्धिका लागि उच्चस्तरीय कार्यदल बनाइने’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञ सम्मिलित संयुक्त कार्यदल गठन गरेर जाने स्पष्ट पारेका छन्। उनले भने, ‘सबै राजनीतिक दलको साझा एजेण्डा आर्थिक समृद्धिको बनेको छ। आर्थिक समृद्धिको आधारसहित वामगठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको छ। अब हामी सबैको साझा एजेण्डा आर्थिक समृद्धि नै हो।’

बृज सिमेन्टले आर्थिक शोषण गरेको आरोप

केडिया अर्गनाइजेसन अन्तर्गतको बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले आर्थिक शोषण गरेको डिलरहरुले आरोप लगाएका छन् । कम्पनीले मागअनुसार सामान नदिने, बैंक ग्यारेन्टी रोक्ने, न्यून बिलमा कारोबार गर्न दबाब दिने, कर्मचारीमार्फत कमिसन माग गर्ने गरेको डिलरको आरोप छ ।

नेवामा आर्थिक अनियमितता

खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था नेपाल स्वास्थ्यका लागि पानी (नेवा) मा आर्थिक अनियमितता भएको पाइएको छ । समाजकल्याण परिषद्मा उजुरी परेपछि छानबिन हुँदा नेवामा अनियमितता पुष्टि भएको हो ।

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएका छन्। ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गरे।

किन आर्थिक सहायता खोज्दैनन् मनाङ र मुस्ताङका युवा ?

बेरोजगार तथा आर्थिक रूपले विपन्न युवालाई सहयोग गर्न सुरु गरिएको कार्यक्रमका लागि देशका सबै जिल्लाबाट धमाधम माग आइरहँदा मनाङ र मुस्ताङमा भने वर्षौंदेखि आर्थिक सहयोग लिने युवायुवती फेला परेका छैनन् ।

‘सबैको चाहना आर्थिक समृद्धि’

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी व्यवसायीले आर्थिक समृद्धि चाहेको बताएकी छिन् । संविधान निर्माणसँगै सबै तहको निर्वाचन भइसकेको भन्दै उनले दलहरुसँग पनि आर्थिक समृद्धिबाहेक अरु विकल्प नभएको बताइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्