४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तनहुँः व्यास नगरपालिकामा जोशीलाई पछ्याउँदै न्यौपाने

व्यास नगरपालिका–८ रिस्तीको पुन मतदान सम्पन्न भएपछि बुधबार रातिदेखी नै यहाँ मतगणना सुरु भएको छ। हालसम्म व्यासको तीनहजार ६७६ मत गणना भएको छ। सुरुवातदेखी नै व्यासमा कैची चिह्न लिएर मेयरमा उठेका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले अग्रता कायम गरेका छन्।

कांग्रेस वरिष्ठ नेता पौडेलको गाउँमा पुनः मतदान हुँदै

तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज पुनः मतदान भईरहेको छ। साविकको रिस्ती गाविसको भवन फेदीको मतदानस्थलको क र ख मतदान केन्द्रमा मतदान चलिरहेको छ। बैशाख ३० गते भएको निर्वाचनको दिन स्वतन्त्र मेयरका उम्मेदवर दीपकराज जोशी माथि कुटपिट भएपछि निर्वाचन आयोगले यहाँ फेरी मतदान गर्ने निर्णय गरेको थियो।

प्रदिप पौडेलको वडामा एमालेको जित

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलकै गृह वडामा नेपाली कांग्रेस कमजोरी सावित भएको छ। पौडेलको वडा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ कांग्रेसका लागि किल्लाको रुपमा चिनिन्थ्यो।

तनहुँका मतदातामा उत्साह

तनहुँमा बिहान ७ बजेदेखी उत्साहजनक रुपमा मतदान भइरहेको छ। जिल्लाको १० स्थानीय तह र वडाको नेतृत्व चयनका लागि मतदाताले बिहानदेखी उत्साहजनक रुपमा सहभागिता जनाएर मतदान गरिरहेका छन्।

‘पहिले यस्तो खर्चिलो हुने थिएन निर्वाचन’

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारका ८५ वर्षीय श्यामप्रसाद श्रेष्ठसँग यो भन्दा पहिले भएका अधिकांश निर्वाचनमा सहभागी भएर मतदान गरेको अनुभव छ।

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन्।

तनहुँः जहाँ प्रतिष्ठाको लडाइँ हुँदैछ

सबैतिर चुनावी प्रतिश्पर्धा झैं तनहुँमा पनि केही स्थानीय तहमा यसपालिको चुनावी भीडन्त निकै नै रोचकपूर्ण छ। चुनावी हारजित राजनीतिक दल र उनीहरुका शीर्ष नेताको प्रतिष्ठासँग जोडिदाँ यो पटक तनहुँको रस्साकस्सी झनै बढि देखिन्छ । आफ्नो पोल्टामा मत माग्न दलहरु यतिबेला मरि मेटेका छन।

प्रधानसेनापति शर्माद्वारा सुरक्षा पोष्ट निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गरेका छन्।

मत हाल्ने तरिका सिकाउन कोही आएनः मतदाता

तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन्। मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह छ।

गठबन्धनका कारण खोसिए महिलाले पाउनुपर्ने पद

महिला मतदाता बढी भए पनि जिल्लामा स्थानीय तहको अध्यक्ष/प्रमुख पदमा महिलालाई उम्मेदार बनाउन कन्जुस्याइँ गरिएको छ।

टिकट नपाएपछि तनहुँमा कांग्रेस नेताले दिए सामूहिक राजीनामा

टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। सोमबार दमौलीमा पत्रकार सम्मेल गर्दै जिल्लादेखि वडा तहका नेताहरुले साधारण सदस्य समेत नरहने गरेर राजीनामा दिएका हुन्।

भानुभक्त प्राणी उद्यानः जग्गा अधिग्रहणका लागि ४६ करोड

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ।

नवलपुर अदालतमा पलको बयानः आज बहस

नवलपुर जिल्ला अदालतले शाहको बयान लिएको छ। न्यायाधीश अर्जुन अधिकारीसमक्षउनले बयान दिएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। ‘बयान सकिएको छ। बुधबारदेखि थुनछेक बहस सुरु हुन्छ,’ उनले भने।

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्। कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्