४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाँच घण्टापछि दमौलीको आगो नियन्त्रणमा

तनहुँ सदरमुकाम दमौलीको हार्डवेयरबाट सुरु भएको आगो नियन्त्रण गर्न कम्तिमा पाँचघण्टा लागेको छ। पाँच घण्टापछि आगो नियन्त्रणमा आएपनि अझै ननिभेको प्रहरीले बताएको छ।

तनहुँको दमौलीमा भीषण आगलागी (तस्बिरसहित)

तनहुँको सदरमुकाम दमौलीमा भीषण आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन हम्मेहम्मे भएको प्रहरीले बताएको छ।

तनहुँ जलविद्युत् आयोजनाः सुक्खायाममा विद्युत् आपूर्तिमा सहज

ऋषिङ गाउँपालिका–१ झापुरटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट सुक्खायाममा विद्युत् आपूर्तिमा सहज हुने भएको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: तनहुँका ४७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन्।

गन्तव्यः रातारात भाइरल बन्छन्, अनि हराउँछन्

पछिल्लो समय कतिपय गाउँ एकाएक सामाजिक सञ्जालमा छाएका छन्। गतिला पर्यटकीय पूर्वाधार नरहेका ती गाउँ जर्बजस्त भाइरल बनेका छन्। भाइरल बनेका ती गाउँमा अहिले घुम्न जानेको ताती लाग्न थालेको छ। त्यसको उदाहरण तनहुँको मानहुँकोट र म्याग्दीको रत्नेचौरको तोरीबारी हुन्।

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

जीप दुर्घटनाका चालकलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति पाउने माग सहित दुई दिनसम्म पीडितले शव बुझेका थिएनन्। दुर्घटनामा मृत्यु भएकाहरुलाई कानून बमोजिम पाउनुपर्ने राहत उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति भएपछि पीडितले शव बुझेका थिए।

जीप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।

मानहुँकोटमा सार्वजनिक जग्गामा बतासको प्रस्ताव

तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोटको सार्वजनिक जग्गा भाडामा लिनेगरि व्यावसायिक समुह बतासले प्रस्ताव गरेको छ। पछिल्लो समय निकै नै चर्चा कमाएको यो डाँडामा विभिन्न पर्यटकीय पूर्वाधार बनाउने योजना बतासको छ। बतासले ५० वर्षका लागि ब्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटको जग्गा भाडामा लिने प्रस्ताव गरेको हो।

तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माण हुने

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ। पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो। समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ।

मिर्गौला पीडितलाई दुई लाख सहयोग

दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो।

तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व

नेकपा (माओवादी केन्द्र) तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ। शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका दश स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो।

बन्दीपुर क्षेत्रमा चितुवाको त्रास

असोज अन्तिम साता बन्दीपुर –५ बाहुन भञ्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया स्वीकृति थापाको मृत्यु भएको थियो । यसपछि बन्दीपुरमा चितुवाको त्रास बढेको भन्दै डिभिजन वन कार्यालय तनहुँले सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

दश स्थानीय तहमध्ये ऋषिङ,घिरिङ,देवघाट,बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

मौरीपालन व्यवसाय: दामसँगै नाम

सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९० घार पुर्‍याइसकेका छन्। ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्ये कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढेका उनले ‘दामसँगै नाम ’ पनि कमाउन सफल बनेका छन्।

पृथ्वीराजमार्ग तनहुँ खण्डः खाल्डाखुल्डीले दुर्घटनाको जोखिम

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौ लगानी भएपनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्