८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

एपिएफद्वारा उपाधि रक्षा

न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै आयोजक एपिएफले छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

न्यु डाइमन्ड र एपिएफबीच उपाधि भिडन्त

चिर परिचित प्रतिद्वन्द्वी न्यु डायमन्ड र आयोजक सशस्त्र प्रहरी बलको एपिएफ क्लब सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा शुक्रबार भिड्ने भएका छन्।

अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्।

खैँजडीको तालमा मुख्यमन्त्री छमछमी

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा तय भएबमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शनिबार साँझ त्यहाँ आइपुगे।

मुख्यमन्त्री पौडेलको हेटौंडामै शल्यक्रिया

उच्च पदस्थ नेता तथा मन्त्रीहरूले उपचार गराउन विदेश जाँदा आलोचित हुँदै आएकोमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने हेटौंडामै शल्यक्रिया गराएका छन् ।

प्रदेशमा कर्मचारीका लागि अवसरै अवसर : मुख्यमन्त्री पाेखरेल

उनले प्रदेशमा आएका कर्मचारीहरुलाई क्षमता विकास र आफ्नो दक्षता देखाउने अवसर रहेको बताए। उनले भने, ‘हामीले पारिवारिक वातावरणमा काम गरेका छौं, तपाईलाई समस्या भयो भन्नुस्, त्यसको दायित्व हामी लिन्छौं।’

प्रथम मुख्यमन्त्री कप प्रतियोगिता : समेटिएनन् ओलम्पियन जन्माउने खेलहरु

खेलकुद जगतमा कीर्तिमानी खेलाडी दीपक बिष्टलगायत पाँच जना ओलम्पियन सुदूरपश्चिमले जन्माएको छ। राज्यबाट पर्याप्त सुविधा नभएर पनि आफ्नै लगानीमा तेक्वान्दोबाट बिष्ट र निशा रावल ओलम्पियनसम्म पुगे। यसैगरी बिष्णुबहादुर सिंह र डम्मरदत्त भट्टलाई सुदूरपश्चिमले बक्सिङ खेलबाट ओलम्पियन जन्मायो भने भारत्तोलनमा स्वर्गीय भरत साउँद ओलम्पियन बने।

‘सहकारीको परिवर्तनले समृद्धिको सपना पूरा हुन्छ’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक परिवर्तनसँगै सहकारी क्षेत्रले काम र लगानीमा परिवर्तन ल्याए समृद्धिको सपना पूरा हुने बताएका छन्। जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरद्वारा आयोजित दुईदिने कार्यशाला गोष्ठीको शुक्रबार हेटौंडामा उद्घाटन गर्दै उनले सहकारी बचत र ऋण लगानीबाटै माथि उठ्न ढिला गर्न नहुनेमा जोड दिए।

स्वास्थ्यमन्त्री–उपकुलपतिको विवाद चर्कंदै

विवादस्पद छानबिन समितिको प्रतिवेदन छलफल गर्न सिनेट बैठक बोलाउने कि नबोलाउने भन्नेबारे स्वास्थ्यमन्त्री र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिबीचको विवाद न्यायलय पुगेको छ।

बेलायती रक्षा राज्यमन्त्री नेपाल आउँदै

बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणका लागि बुधबार नेपाल आउँदै छन्।

अनुसन्धान नगर्ने ‘रिसर्च सेन्टर’को नियमन हुने

नेपालमा निजी तथा सामुदायिक अस्पतालहरुले आफ्नो नाममा रिसर्च सेन्टर राख्ने गरे पनि अनुसन्धानको काम भने गर्ने नगरेको पाइएको छ। अस्पतालहरुले आफ्ना नामका पछाडी ‘रिसर्च सेन्टर’ लेखे पनि उनीहरुदे कुनै पनि अनुसन्धानको काम नगरेको तथ्य पाइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्ले त्यस्ता संस्थाको नियमन गरी दायरामा ल्याउने भएको छ।

नेपाल बन्छ, बनाउँछौं हामी : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर ५ सरकारले प्रथम स्थापना दिवस शुक्रबार मनाएको छ। प्रदेशको अस्थायी राजधानी रहेको बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर प्रथम स्थापना दिवस मनाएको हो। दिवसका अवसरमा प्रदेशका १२ वटै जिल्लाका साँस्कृतिक झाँकी सहितको प्रभातफेरी निकालिएको थियो।

न्यु डायमन्ड र एपिएफ फाइनलमा

होङ्गान्जी न्यु डायमन्ड र विभागीय टोली एपिएफ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

‘समाज सुधारमा सय कडा दश सहयोगी’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार साँझ हेटौंडाको एनएस सिनेमा हलमा फिल्म ‘सय कडा दश’ हेरेका छन्। सरकारी अधिकारी र श्रीमति विजयासहित फिल्म हेर्न पुगेका पौडेलले फिल्म हेरिसकेपछि युवाहरूले हेर्नैपर्ने फ्लेभरको फिल्म बनेको बताए। उनले फिल्मले नेपालमा व्याप्त भ्रष्टाचारको विषय उठान गरेकाले युवाका लागि फिल्मले भ्रष्टाचारविरुद्ध अघि बढ्न प्रोत्साहन गर्ने जनाए।

प्रदेशको विकासले राष्ट्रिय मानक पूरा गर्छ : मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले एक वर्षभित्र प्रदेश सरकारको कामले विकासको राष्ट्रिय मानकलाई पूरा गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्