९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्रीको हातमा झाडु

मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिबार विहानै हातमा झाडु समाएर वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीमा देखिए। वीरेन्द्रनगर नगरपालिकाले एक महिनाअघिदेखि सुरु गरेको सरसफाई अभियानमा साथ दिन मुख्यमन्त्री मंगलगढी चोक पुगेका थिए। उनले झाडुको सहायतामा सडकको सफाई मात्रै गरेनन्, बेल्चाले नालीमा थुप्रिएको फोहर पनि निकाले।

मुख्यमन्त्रीसँग मेडिकल शिक्षा सुधारको माग

मधेसकेन्द्रित दलका बिद्यार्थी संगठनले प्रदेश नम्बर २ मा मेडिकल शिक्षा सुधारको माग गर्दै मुख्यमन्त्री मोहमद लालबाबु राउत र समाजिक विकास मन्त्री जितेन्द्र सोनललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

सबैको नजर प्रदेश ३ मा : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र आर्थिक समृद्धिमा आफ्नोे ध्यान जाने बताएका छन् ।

संघीयताको भविष्य हाम्रो हातमाः मुख्यमन्त्री भट्ट

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको जग बसाउनु अहिले प्रदेश सरकारको मुख्य दायित्व रहेको बताएका छन् । दिपायलमा १२ दिनदेखि चलिरहेको ‘७ नम्बर प्रादेशिक महोत्सव’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देशकै आदर्श मुख्यमन्त्री बन्ने पौडेलको दाबी

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशकै पहिलो मात्र नभई नमुना र आदर्श मुख्यमन्त्री बनेर सेवा गर्ने बताएका छन् । प्रदेश र जनताको विकास र आर्थिक उन्नतिका लागि जोखिमपूर्ण र अनुकरणीय काम गर्न पछि नहट्ने उनले बताए।

मुख्यमन्त्रीलाई दुईतिहाइ

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले बिहीबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । एक सय ७ सदस्यीय प्रदेशसभामा उनका पक्षमा दुईतिहाइ मत परेको छ । नेपाली कांग्रेसबाहेक सबै दलले राउतलाई विश्वासको मत दिएका हुन्।

देशकै आदर्श मुख्यमन्त्री बनेर सेवा गर्छु : पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशकै पहिलो मात्र नभई नमुना र आदर्श मुख्यमन्त्री बनेर सेवा गर्ने बताएका छन्। प्रदेश र जनताको बिकास र आर्थिक उन्नतिका लागि जोखिमपूर्ण र अनुकरणीय काम गर्न पछि नहट्ने उनले बताए।

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विहीबार संसद्मा विश्वासको मत लिने भएका छन्।  प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार विहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन्। संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका राउतले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ।

क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाइने : मुख्यमन्त्री शाही

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताएका छन्।

जनताको अधिकारका लागि शहीदको बलिदानी : मुख्यमन्त्री भट्ट

रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताएका छन् । सोमबार ६८ औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताए । उनले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाडि बढेको बताए।

सरकारको लक्ष्य विकास : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको मूल लक्ष्य नै विकास र समृद्धी रहेको बताएका छन्। ६८ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश अस्थायी राजधानी हेटौंडामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संबिधान, बिधी एवम् पद्दतीप्रति पूर्ण निष्ठावान् रही प्रदेशको बिकास र समृद्धीमा निरन्तर प्रयन्तशिल रहनेमा ढुक्क हुन आग्रह गरे।

कर्मचारी नआउँदा मुख्यमन्त्री आक्रोशित

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मन्त्रालयमा खटाएको ९० प्रतिशत कर्मचारी अझै नआएपछि आक्रोश व्यक्त गरेका छन् । मन्त्रालयमा १० प्रतिशत मात्र कर्मचारी आएकाले कार्यालय व्यवस्थापनमा समस्या भएको भन्दै उनले छिटो हाजिर हुन आग्रहसमेत गरेका छन् ।

कर्मचारी नआएपछि मुख्यमन्त्री आक्रोशित

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मन्त्रालयहरुमा खटाएको ९० प्रतिशत कर्मचारी अझै नआएपछि आक्रोश ब्यक्त गरेका छन्। मन्त्रालयहरुमा १० प्रतिशत मात्र कर्मचारी आएकाले कार्यालय ब्यवस्थापनमा निक्कै समस्या भएको भन्दै उनले छिटो हाजिर हुन आग्रह समेत गरेका छन्।

राजधानी सार्न हतारको माग : मुख्यमन्त्री पौडेल

प्रदेश ३ को राजधानी हेटौंडाबाट काभ्रेमा सार्नुपर्ने माग हतारको भएको मुख्य मन्त्री डोरमणि पौडेलले बताएका छन् ।‘अहिले यति छिटो हतार गरेर यो विषय उठाइ हाल्ने बेला भएको छैन । किनकी हालको अस्थायी राजधानीमा हामीले एउटा बैठक सुरु गरेका छैनौं र कामको सुरुवातै भएको छैन,’ धुलिखेल नगरपालिकाको ३२ औं स्थापना दिवसको शनिबार उद्घाटन गर्दै उनले भने ।

१० गते मुख्यमन्त्रीले विश्वासको मत लिने

प्रदेश २ का मुख्यमन्त्रीले आगामी १० गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउत यही फागुन २ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रिय जनता पार्टीको समर्थनमा राउत मुख्यमन्त्री बनेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्