५ आश्विन २०८१ शनिबार
image/svg+xml

सीप परीक्षणबाट पछि हट्यो सरकार

वैदेशिक रोजगारीमा जाने युवालाई सीप परीक्षण अनिवार्य रूपमा लागू हुने घोषणा गरेको सरकार उक्त कार्यक्रम लागू हुन नपाउँदै पछि हटेको छ।

प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ।

भारतबाट आयात हुने तरकारी र फलफूलमा कडाइ

भारतबाट आयात हुने तरकारी, फलफूललगायत वस्तुको अनिवार्य ‘विषादी परीक्षण रिपोर्ट’ पेस गर्नुपर्ने नियम लागू भएपछि नेपालगन्ज नाकामा त्यसको प्रभाव परेको छ। विषादी परीक्षण रिपोर्ट पेस गर्न नसकेका व्यापारीको सामान आयातमा रोक लगाइएको छ।

पेट्रोलियम पाइप लाइन यसै महिना सञ्चालनमा आउने

नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ।

तरकारी र फलफूलका ट्रक रोकिए

भैरहवा भन्सार कार्यालयमा भारतबाट आयातित आलु प्याजका १७ वटा ट्रक रोकिएका छन्। सरकारले विदेशबाट आयात हुने फलफूल र तरकारीजन्य वस्तुमा विषादी छैन भनी प्रमाणित गरेपछि मात्रै भिœयाउने प्रावधान लागू गरेकाले उक्त सामान भन्सार विन्दुमै रोकिएको हो।

पौडी पोखरीको सफल परीक्षण

१८ करोड रूपैयाँमा निर्माण भएको उक्त पोखरी ५० मिटर लम्बाइ, २५ मिटर चौडाइ छ भने तीनदेखि पाँच फिटसम्मको गहिराइमा बनेको छ।

ग्रामीण महिलालाई पाठेघर क्यान्सर परीक्षणमा असहज

जिल्ला अस्पताल रामेछापले पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न सकिने व्यवस्था हालै मात्र मिलाएको भए पनि ग्रामीण भेगका स्वास्थ्य चौकीमा भने सो सेवा उपलब्ध छैन।

भत्केको नहर सरकारले बनाउने

परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ। यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेबारे विवाद थियो। सरकारी अधिकारीहरूले परीक्षणका क्रममा भत्केकाले मर्मतको दायित्व ठेकेदार कम्पनीको हुने दाबी गरिरहेका थिए भने समयमै परीक्षण नगरिएकाले मर्मतको दायित्व आफ्नो नहुने तर्क ठेकेदार कम्पनीले गर्दै आएको थियो।

सुनकोसीमा र्‍याफ्टिङको सफल परीक्षण

रौतामाई गाउँपालिका र त्रियुगानगरपालिकाको प्रयासमा मंगलबार गरिएको परीक्षण र्‍याफ्टिङ सफल भएको हो।

प्रशासन कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण

स्वास्थ्य परीक्षणका लागि तामाकोसी सहकारी अस्पतालले चिकित्सकसहित स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको छ भने वितरण गरिने आवश्यक औषधि मन्थली नगरपालिकाले उपलब्ध गराउने भएको छ।

बिपीमा झन्झट, निजी ल्याब मालामाल

ज्वरोका बिरामीको संख्या बढ्नाले प्रतिष्ठानको रगत परीक्षण प्रयोगशाला (ल्याब)मा बिरामीहरूले धेरै सास्ती बेहोर्नुपरिरहेको छ।

मलेसियाली मानव संशाधन मन्त्रालयको प्रस्ताव गृहद्वारा अस्वीकार

नयाँ कामदार भर्ना प्रक्रिया, स्वास्थ्य परीक्षण, भेंडर परिवर्तन लगायतका विषय मलेसियाली मानव संशाधन मन्त्रालय मातहत ल्याउने प्रस्ताव फेरी एकपल्ट असफल भएको छ।

माटो परीक्षण गर्दै जन्तेढुंगा गाउँपालिका

खोटाङको जन्तेढुंगा गाउँपालिकामा माटो परीक्षण सुरु गरिएको छ। गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुशारको बालीनालीको खेतीका लागि माटोको परीक्षण सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्