५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘उत्तर कोरियाले साना हतियार परीक्षण ग-यो’

उत्तर कोरियाले पछिल्लो समय गरेको क्षेप्यास्त्र परीक्षणप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङले आणविक हतियार नभई साना हतियारको परीक्षण गरेको बताएका छन्।

पेटमा समस्या देखिएपछि देउवा सिंगापुर प्रस्थान

चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

शुक्रबारदेखि परीक्षण उत्पादन

असार मसान्तसम्म आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन सुरु गर्ने छ। पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशत योगदान रहने छ।

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

भक्तपुरमा मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ। प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भक्तपुर अस्पतालमा बुधबार कार्यक्रमको उद्घाटन गरे।

धादिङबाट ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

प्रदेश ३ ले ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ अभियान धादिङबाट सुरु गरेको छ। प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकटेलले शुक्रबार एक कार्यक्रमबिच सो अभियान उद्घाटन गरेका हुन्। निरोगीको स्वास्थ्य परीक्षणका लागि सुरु यस कार्यक्रमको मुख्य उद्देश्य नसर्ने रोग र त्यसको जोखिमबारे समयमै पहिचान गरी उचित उपचार र परामर्श दिनु रहेको मन्त्री जम्मकटेलले बताए। ‘राज्य भनेकै गरिबका लागि हो, दुःख पाएका जनताका लागि हो,’ उनले भने, ‘आफ्नो शरीरमा के रोग छ भनेर जँचाउन नसक्ने र खर्च नहुनेहरूलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको हो।’

मलेसियाको मेडिकल टुङ्गिसकेको छैन, हल्लाका पछि नलागौंः मन्त्रालय

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको स्वास्थ्य परीक्षणसँग जोडेर भएका प्रचारप्रसारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै त्यस्ता हल्लाको पछि नलाग्न सचेत गराएको छ।

‘पछिल्ला रकेट परीक्षण आत्मसुरक्षाका लागि नियमित प्रक्रिया’

उत्तर कोरियाले गत साता गरिएका रकेट परीक्षण आफ्नो देशको आत्मसुरक्षाका लागि गरिएको नियमित प्रक्रिया भएको जनाएको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन आफैं प्रत्यक्ष रूपमा सहभागी भएको गत शनिबारको कार्यक्रममा कैयौं रकेट परीक्षण गरिएको र कम्तीमा पनि एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण भएको अनुमान गरिएको छ।

काबेली करिडोरः दोस्रो खण्डमा परीक्षण

इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन भएको विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि बनाइएको विद्युत् प्रसारणलाई काबेली करिडोरको दोस्रो खण्डको काम सकिएसँगै परीक्षणको काम भइरहेको छ।

कतारले भन्योः भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु पर्दैन

कामदार कतार पुगेपछि हुने स्वास्थ्य परीक्षण, करार सम्झौता लगायतका प्रक्रिया नेपालमै गर्न कतारले खोल्न लागेको भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने कतार सरकारले प्रस्ट पारेको छ।

सिन्धुलीमा जुनारको कीरा मार्न किसानलाई प्रोटिन बेट वितरण

जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम प्रभावकारी देखिएको छ। गत वर्ष यहाँको गोलञ्जोर गाँउपालिका ४ तिनकन्यामा नमुनाको रुपमा करिब ८ सय रोपनी क्षेत्रफलको जुनारमा गरिएको नमुना परीक्षणनै प्रभावकारी भएपछि जिल्लाभर एउटै प्रविधिको प्रयोग गरी कीरा नियन्त्रण गरिने भएको छ।

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, किमको रुस भ्रमणको तयारी

उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ। उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ।

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ।

एक लाख १८ हजार कम्पनी जरिवानामा

मुलुकमा सञ्चालन र दर्ता भएका कम्पनीमध्ये अधिकांश जरिवानामा परेका छन्। समयमै अद्यावधिक नगरेपछि एक लाख १८ हजार कम्पनीहरुले सवा दुई अर्बभन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ।

आर्थिक अनुशासनहीनता

मुलुकको बेरुजु रकमयो आर्थिक वर्षमा ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँपुग्नुले आर्थिक अनुशासनहीनताको चरम रूपदेखिन्छ। अझ अघिल्लो आर्थिक वर्षको भन्दा ३६.७१ प्रतिशतले बढी रकम बेरुजुदेखिनुले पनि अनुशासनहीनताको ग्राफह्वात्तै बढेको प्रस्ट भएको छ। अघिल्लो आर्थिक वर्ष कुल बेरुजु रकमपाँचखर्ब आठ करोड रुपैयाँ थियो। यस हिसाबले हेर्ने हो भने आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षणबाट एकखर्ब ४१ अर्ब रुपैयाँ बेरुजु थपिएको छ।

आँकडा ६ खर्ब ८३ अर्ब

आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा मुलुकको बेरुजु रकम ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा ३६.७१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष कुल बेरुजु रकम पाँच खर्ब आठ करोड रुपैयाँ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्