४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

किट अभावले कर्णालीमा कोरोना परीक्षण प्रभावित

किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ। थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो।

कर्णाली प्रतिष्ठानमा पिसिआर परीक्षण सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण थालिएको छ ।

कर्णाली प्रतिष्ठानबाट पिसिआर परीक्षण सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु भएको छ । पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो । प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार तातोपानीका स्थानीय ४५ दिन अघि भारतबाट आएका थिए ।

ताप्लेजुङमा २ सय ४७ जनाको आरडिटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा अहिले सम्म २ सय ४७ जनाको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अहिले सम्मको कोरोना नियन्त्रण तथा व्यवस्थापनको प्रगति बिवरण सार्वजनिक गरेका हुन् ।

प्रदेश प्रयोगशालामै छैन किट, कोरोना परीक्षण रोकियो

कोभिड-१९ बाट बच्न परीक्षणको गती बढाउनु पर्ने जनस्वास्थ्यका विज्ञहरुले बताइरहदा प्रदेश नं. ५ मा भने प्रदेश प्रयोगशालामै पिसीआर जाँच रोकिएको छ । रुपन्देहीको भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसीआर टेष्टका लागि आवश्यक पर्ने आरएनए एक्स्ट्रयाक्सन किट नहुँदा कोभिड १९ को परीक्षण रोकिएको हो ।

जोखिम क्षेत्रमै छैन पर्याप्त परीक्षण किट

प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) को परीक्षण किटको अभाव भएको छ। संघीय सरकारले सबै ठाउँमा पर्याप्त मात्रमा किट उपलब्ध गराएको दाबी गरिरहे पनि प्रदेश १ का केहि जिल्लामा परीक्षण किटको अभाव देखिएको हो।

कोरोनासँगै दादुराको प्रकोप, २ बालबालिकाको मृत्यु

गत २४ घण्टामा पिसिआर र आरडिटी विधिबाट परीक्षण भएका करिब १७ सय वटा नमुनाहरु नेगेटिभ आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका १ हजार ६ सय ८२ वटा परीक्षण भएकोमा सबैको नेगेटिभ आएको हो ।

प्रयोगमा आउन सकेन पिसिआर मेसिन

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि आइपुगेको पिसिआर मेसिन जडान भइसके पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन।

परीक्षणको दायरा बढाएसँगै बढे संक्रमित

प्रदेश २ मा बुधबार एकैदिन तीन जना पुरुषमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बारा दुई जना र पर्साका एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको हो।

एकै गाउँका चारजनाको रहस्यमय मृत्यु

महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ।

कोभिड परीक्षणमा प्राविधिक विज्ञता

सिएमडिएनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) का कर्मचारीलाई सार्स सिओभी–२ पत्ता लगाउन आरटी–पिसिआर परीक्षण विधि सञ्चालन गर्न मद्दत गरेको थियो ।

प्रदेश नं. १ मा पाँच हजार बढीको परीक्षण

प्रदेश नं.१ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ। द्रूत परीक्षण विधि (आरडीटी)बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो।

कर्णालीमा कोभिड–१९ को परीक्षण तीव्र पारिँदै, थपियो पिसिआर

कर्णाली प्रदेशमा कोभिड –१९ को परीक्षण दायरा तीव्र पार्न रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी–पिसिआर) मेसिन थप गरिएको छ।

सिन्धुलीमा ४ सय ७० जनाको आरडिटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सिन्धुलीमा हालसम्म ४ सय ७० जनाको आरडिटी जाँच गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस परीक्षणका लागि जिल्लाभर आरडिटी परीक्षणलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

रिपोर्ट बाझिएपछि जनकपुरमा काेराेना परीक्षण रोकियो

जनकपुरस्थित प्रादेशिक अस्पतलको प्रयोगशालामा हुँदै आएको कोरोना भाइरस (कोभिड१९) परीक्षण रोकिएको छ। यहाँको पोर्टेवल पीसीआर मेसिनबाट गरिएको परीक्षण रिपोर्ट र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट बाझिएपछि परीक्षण रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्