२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुदूर पश्चिम सेमिफाइनलमा

धनगढीमा जारी सुदूर पश्चिम खप्तड गोल्डकपमा आइतबार भएको खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब विजयी भएको छ। धनगढी रंगशालामा भएको खेलमा भारतको पन्जाब–११ लाई ५–० ले पराजित गर्दै सुदूर पश्चिम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिभुवन आर्मी सेमिफाइनलमा

नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ र दीप लामाको गोलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सिएमजी संकटा क्लबमाथि २–० को जित निकाल्दै टुबोर्ग हेटौंडा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

फराकिलो जितसँगै ताप्लेजुङ सेमिफाइनलमा

साबिक विजेता ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबले बुधबार काठमाडौंको चर्च ब्वाइज क्लबमाथि ६–१ को फराकिलो विजय हासिल गर्दै आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

सेमिफाइनलबाटै नेपालको यात्रामा पूर्णविराम

नियमित प्रतिद्वन्द्वी भारतसँग फेरि एकपटक निराश भएपछि नेपाली राष्ट्रिय महिला टोलीको साफ च्याम्पियनसिप यात्रा यसपाली सेमिफाइनलमै टुंगिएको छ। यसअघि सम्पन्न सबै तीन संस्करणका फाइनलमा भारतसँग पराजित हुँदै उपाधिबाट विमुख भएको नेपाल गतवर्षको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलमा पनि फाइनलमै भारतसँग पराजित भएको थियो।

रुपन्देही काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा

रुपन्देही–११ ले फ्यान्स क्लब बिआरसी भुटानलाई ३–१ ले हराउँदै मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। रुपन्देहीको जितमा दीपक राईले उत्कृष्ट प्रदर्शन गरे। दीपकले रुपन्देहीको जितमा दुई गोल गरे।

साबिक विजेता मनाङ सेमिफाइनलमा

साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। हेटौंडा–१० स्थित फरेस्ट्री खेल मैदानमा मनाङले एपिएफ क्लबलाई ३–२ ले हराउँदै उपाधि रक्षानजिक पुगेको हो।

श्रीलंकाको आत्मघाती गोलपछि नेपाल सेमिफाइनलमा

खेलको अन्तिम समूहमा श्रीलङकाले दिएको आत्मघाती गोल उपहारमा नेपाल भारतको सिलिगुडीमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

मध्यमाञ्चल र पुलिस सेमिफाइनलमा

हरिशंकर शाहको अलराउन्ड प्रदर्शनमा मध्यमाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बुधबार नेपाल पुलिस क्लबलाई ९ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पुलिस क्लबमाथि ९ रनको जित दिलाउन मध्यमाञ्चलका हरिशंकरले २२ रन योगदान गरे भने २ विकेट पनि आफ्नो नाममा लेखाएका थिए।

पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा

नेपाल पुलिस क्लबले बृहत् राष्ट्रिय खेलकुदअर्न्तगत पुरुष फुटबलमा सोमबार मध्यमाञ्चललाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। खेल हारे पनि समूह ‘ख’ बाट उपविजेताको हैसियतमा मध्यमाञ्चलले पनि अन्तिम ४ मा स्थान पक्का गरेको छ।

विनोदको तुफानी ब्याटिङले सेना सेमिफाइनलमा

विनोद भण्डारीले एकै ओभरमा ५ छक्का हानेको खेलमा त्रिभुवन आर्मी क्लबले सोमबार मध्यपश्चिमाञ्चललाई ३० रनले पराजित गर्दै बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनल पक्का गरेको छ।

सेमिफाइनल समीकरण पूरा

तीन विभागीय टिमसहित मध्यमाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। समूह 'ख' अन्तर्गत बुधबार दुहबी रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेल्दै मध्यमाञ्चल ५ अंकसहित अन्तिम चारमा प्रवेश गरेको हो।

सेमिफाइनल समिकरण पूरा

अरुण श्रेष्ठको ह्याटि्रकबाट प्रेरित चर्च ब्वाइज युनाइटेडले बिहीबार क्वार्टरफाइनलमा शसस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि विजय हासिल गरेपछि झापामा जारी प्रथम शरणामती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।

ब्रुनार्इलार्इ पराजित गर्दै नेपाल सेमिफाइनलमा

नेपालले ब्रुनाइलार्इ ३–० गाेलले पराजित गर्दै एएफसी साेलिडारिटी कप फूटबल प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

मनाङ सेमिफाइनलमा

मनाङ मर्स्याङ्दी क्लब घरेलु टोली चितवन–११ लाई ४–० लेपराजित गर्दै सोमबार नारायणगढमा जारी १२ औं टुबोर्ग रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। क्याम्पाचौरमा खचाखच उपस्थित दर्शकको साथ पाएको चितवनलाई पराजित गर्न मनाङले धेरै कसरत गर्नुपरेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्