२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सहरालाई हराउँदै मोरङ सेमिफाइनलमा

मोरङ फुटबल क्लब विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। चितवनको नारायणगढमा जारी प्रतियोगिताको आइतबार भएको पहिलो क्वार्टरफाइनलमा पोखराको साहारा क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो।

पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लबको महिला टोली२–१ सेटले पछि परेको खेल उल्टाउँदै तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ। पुलिसले शनिबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग कठिन खेलमा २५–२२, २४–२६, २०–२५, २५–१९, १५–५ को नतिजा निकाल्यो।

आर्मी र पुलिस सेमिफाइनलमा

दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब नारायणगढमा जारी नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। बिहीबार क्वार्टरफाइनल खेल जित्दै आर्मी र पुलिस अन्तिम ८ मा पुगेका हुन्। पहिलो खेलमा पुलिसले चितवनको एभरेस्ट क्लबलाई ३–० ले पराजित गर्दा आर्मीले पनि वीरगन्ज युथ एकेडेमीमाथि ३–० कै नतिजा निकालेको थियो।

पोल्याण्डलाई ट्राइब्रेकरमा पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को पहिलो क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा ५—३ गोल अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ।

एपिएफ र डायमन्ड सेमिफाइनलमा भिड्ने

साविक विजेता एपिएफले यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा मंगलबार साविक उपविजेता न्यु डायमन्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ। गत वर्ष जावलाखेलमा प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा एपिएफले डायमन्डलाई सोझो सेटमा हराएको थियो।

पुलिस र डायमन्ड सेमिफाइनलमा

नेपाल पुलिस क्लब र न्यु डायमन्ड एकेडेमी यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। पुलिससँग पराजित भए पनि समुह 'बी' बाट डायमन्डले अन्तिम चारको यात्रा तय गर्‍यो।

भेनेजुएलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

मासाच्युट- भेनेन्जुएलालाई ४-१ गोलले पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। जिलेटी रंगशालामा आइतबार बिहान सम्पन्न खेलको ८ र २८औं मिनेटमा गोल गर्दै गोन्जालेज हिग्विनले अर्जेन्टिनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएक थिए।

धरान सहज सेमिफाइनलमा

पोखरा-पाहुना टोली भारत उडिसाको फाओ एकेडेमीमाथि सहज जित निकाल्दै धरान फुटबल क्लब पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्