७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रत्यक्ष निर्वाचनमा कांग्रेस पहिलो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ।

सुनसरीमा एमाले र मोरङमा काँग्रेस आशावादी

नेपाली राजनीतिका लागि महत्वपूर्ण जिल्ला मानिएका सनुसरी र मोरङमा मतगणनाको काम चलिरहको छ।

गलत प्रचार गरेकोमा कांग्रेस र माओवादीको आपत्ति

निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन्।

जग्गा प्रकरणमा केपी ओलीले नै फसाएको होः नेता गच्छदार

‘केपी ओलीको ब्रेनको उपजमलार्ईं ललिता निवास जग्गा प्रकरणमा जर्वरजस्ती फसाइयो,’ इटहरीमा बिहीबार आयोजित चुनावी र्‍यलीपछिको सम्बोधनका क्रममा गच्छदारले भने, ‘नखाएको बिष मलाईं लगायो, म निदोष छु, मेरो कुनै संलग्नता छैन, अदलातले मलाईं न्याय दिन्छ।’

केपी ओली गणतन्त्र विरोधी हुन्ः बिमलेन्द्र निधि

‘ओलीजीले गणतन्त्र ल्याउने विषयमै बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेको हामीले बिर्सेका छैनौं’ उनले भने, ‘संघीयता र समावेशिताका विषयमा पनि ओलीका कुरा सुन्नुभएकै छ।’

जुम्लामा कांग्रेस उपसभापतिसहित ७ जना कार्यकर्तालाई कारबाहीका लागि सिफारिस

नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले ७ जना कार्यकर्तालाई नेपाली कांग्रेस केन्द्रीय कार्यलयमा कारबाही गर्न सिफारिस गरेको छ।

भक्तपुर १ 'क' मा काँग्रेस र एमालेलाई स्वतन्त्रको डर

स्वतन्त्र उम्मेदवार कासिछ्वाले आफूले कुनै हालतमा उम्मेदवारी निष्क्रिय नपार्ने स्पष्ट पारे। साथै कुनै हालतमा पनि कुनै दललाई समर्थन नगर्ने दावी गरे। म जित्नको लागि उम्मेदवार बनेको हुँं, उनले भने, त्यसकारण मेरो प्रतिस्पर्धी पनि मै मात्रै हुँं, कोही पनि होइन।

विकासको लागि मेरो जित आवश्यक छ: विनोद चौधरी

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका हुन्।

पानीको वैकल्पिक श्रोत पहिचान गरी काठमाडौंको समस्या समाधान गर्छुः प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक श्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन्।

आसन्न निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुने कांग्रेस प्रवक्ता महतको दाबी

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन्।

काम गर्ने नेतृत्व आवश्यक छ: प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग आपिल गरेका छन्।

भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मुख्य एजेण्डा: गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन्।

खाँण र बोहोराबीच कडा टक्कर, हेभि वेटलाइ गठबन्धन भित्रैबाट डर

लामो समय रुपन्देहीबाट राजनीतिक गरेका पटक पटक मन्त्री बनेका र आ–आफनो पार्टीमा महत्वर्पण जिम्मेबारी सम्हालेका यी हेभी वेटका बिच सम्भवत जिल्लामै सबै भन्दा बढी टक्कर हुने आंकलन गरीएको छ।

पर्यटनमा दलीय प्रतिवद्धता

तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन्।

कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान हुन्छः महामन्त्री थापा

‘खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ’, उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्