१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

काम गर्ने नेतृत्व आवश्यक छ: प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग आपिल गरेका छन्।  

नुवाकोट क्षेत्र नम्बर १ को ककनी गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनद्वारा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रवक्ता महतले नेपालमा कुरा मात्र गर्ने नभएर काम गर्ने नेतृत्वको अवश्यकता छ र वर्तमान नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले काम गर्ने भएकाले सोही गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने उनको भनाइ थियो।  

उनले नेकपा (एमाले) लाई काम नगर्ने कुरा मात्र गर्ने पार्टीको संज्ञा पनि दिए। अर्को एक प्रसङ्गमा उनले नेपालमा सबै प्रजातान्त्रिक शक्तिहरुलाई जोड्ने नेतृत्वको आवश्यकता रहेको पनि उल्लेख गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीलाई पनि एकताबद्ध बनाइ राख्न नसकेको आरोप लगाउँदै उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई मात्र एक राखेको नभएर अरु वामपन्थी शक्तिलाई सरकारको गठबन्धनमा राखेर नेतृत्व प्रदान गर्न सकेको दृष्टान्त पेश गरे।  

उनले भने, 'प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) बन्यो तर नेपाली कांग्रेसले सिद्धान्त फरक भएका  पार्टीहरुलाई पनि देशको आवश्यकता ठानी सँगै लिएर हिँडेको छ, हामीले पार्टीलाई एकतामा बाधेका छौँ, त्यसैले अबको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई नै छान्न आग्रह गरे।  

यस पटकको निर्वाचनमा कांग्रेस नेतृत्वले सबैको सल्लाह बमोजिम नै सर्वसम्मत रुपमा टिकट वितरण गरेको र अन्य दलहरुहरुको समेत केही गुनासो नरहने गरी गठबन्धन अघि बढेकोले आगामी निर्वाचनमा यही गठबन्धनका पक्षमा स्पष्ट बहुमत आउने दाबी पनि गरे। रासस

प्रकाशित: २७ कार्तिक २०७९ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App