निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन। गाँउघरमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। यसअघिको निर्वाचनमा संगै देखिएका दल र एक अर्काका चुनावी सारथी बनेका नेताहरु अहिले प्रतिश्पर्धीको रुपमा मैदानमा छन। रुपन्देही क्षेत्र नं। ३ मा पनि यसअघिका चुनावी सहयात्री बिच अहिले चर्को प्रतिश्पर्धा छ।
२०७४ को निर्वाचनमा नेपाली काँग्रेसका नेता बालकृष्ण खाण र राप्रपाकानेता दिपक बोहोरा एउटै मञ्चमा थिए। तत्कालिन समयमा काँगे्रस र राप्रपा बिच तालमेल थियो। तालमेलकै कारण बोहोरालेटिकट पाएपछि काँग्रेस नेता खाणले बोहोराकालागि भोट मागेका थिए। तर अहिले तीनै बोहोरा खाणका मुख्य प्रतिस्पर्धी छन। अघिल्लो पटक राप्रपाले संविधान सभा र लोकतान्त्रिक संविधान मानेकाले काँग्रेसले चुनावमा सघाएको गृहमन्त्री समेत रहेका खाणले बताए। ‘अहिले उहाँहरु(राप्रपा) संविधान नमान्ने तर संवैधानिक राजतन्त्र मान्छौ भनीरहनु भएको छ। त्यस्तो पश्चगामी शक्तिलाइ जनताले साथ दिदैनन भन्नेमा विश्वस्त छौं’ खाणले भने।
५ दलिय गठबन्धनबाट काँग्रेस नेता बालकृष्ण खाण संगैप्रदेशसभा ९क० मा लोसपाका सन्तोष पाण्डे र प्रदेशसभा ९ख०मा काँग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन। तीन दलिय गठबन्धनबाट राप्रपा नेता दिपक बोहोरा संगै प्रदेशसभा (क)माजसपाका महेन्द्र यादव र प्रदेशसभा (ख) मा एमालेकातुलसीचौधरी उम्मेदवार छन। खाणलाइ गठबन्धनका दलमाओवादी केन्द्र,नेकपा एस,लोसपा र राष्ट्रिय जनमोर्चा संगै जनम’क्ति पार्टीको पनि साथ छ। बोहोरालाइ एमाले,राप्रपा र जसपाको साथ छ। लामो समय रुपन्देहीबाट राजनीतिक गरेका पटक पटक मन्त्री बनेका र आ–आफनो पार्टीमा महत्वर्पण जिम्मेबारी सम्हालेका यी हेभी वेटका बिच सम्भवत जिल्लामै सबै भन्दा बढी टक्कर हुने आंकलन गरीएको छ।
यस पटकको चुनावी समिकरण र माहोललाइ केलाउँदा अहिले सम्म काँग्रेसका खाण नै बलिया देखिन्छन। पाँच दलिय गठबन्धनमा जनुमुक्ति पार्टीपनि थपिदा खाणको पल्ला भारी देखिएको हो। त्यसका अलावा राष्ट्रिय राजनीति र पार्टीमा केन्द्रिय पहुँच बलियो हुनु पनि सकारात्मक पक्ष हो। आफनो क्षेत्र÷जिल्लामा विकासका योजनाहरु ल्याउन र ती सम्पन्न गर्न सक्रियता देखाउने नेताका रुपमा खाणले परिचय स्थापित गरेकाले मतदातालाइ आकर्षित गर्न सहज भएको गठबन्धनका नेताहरु बताउँछन। रुपन्देहीमा तिनाउ,दानव लगायतका नदिहरुमा आधादर्जन बढी पुल,गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल,बुटवल–बेलहिया ६ लेन सडक, सेज,भित्री सडक,करीडोर सडकहरु,खानेपानी आयोजनाहरु,डीप ट्युवेल,स्यालो ट्युवेल जस्ता साना–ठुला सिचाइ आयोजनाहरु नेता खाणकै पहलमा निर्माण सम्पन्न भएकाले जनताले विकास प्रेमी नेताको रुपमा उनलाइ मत दिने दावी छ काँग्रेसका क्षेत्रीय सभापती सुशील गुरुङको।
सत्ता गठबन्धनका उम्मेदवारलाइ काँग्रेस भित्रको गुटगत किचलो भने चुनौतीका रुपमा देखिएको छ। पोहोरको अधिवेशनका केही असन्तुष्टिहरु यसपालीको निर्वाचनमा पोखीन सक्ने बताइएको छ। तर काँग्रेसका नेताहरु पार्टीको आन्तरिक बहसका बिषयले यो निर्वाचनलाइ कुनै असर नगर्ने बताउँछन। काँग्रेसका जिल्ला सभापती रामकृष्ण खाणले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका सबै उम्मेदवारलाइ जिताउन काँग्रेस एक भएर लागेको र जिताएरै छाड्ने बताए।
त्यसोत स्थानीय तहको मतलाइ आधार मान्ने हो भने बोहोरालाइ पनि कमजोर मानिहाल्ने अवस्था देखिदैन। किनकी स्थानीय तहमाराप्रपा र एमालेले पाएको मत जोड्दा तीन दलिय गठबन्धन अंक गणितमा बलीयो देखिन्छ। तर एमालेका स्थानीय नेता कार्यकर्ताले गठबन्धन प्रति इमान्दारीता देखाउछन भन्नेमा आशंका छ।
आफनो क्षेत्रका नेता घनश्याम भुसालाइ पार्टी छोडन बाध्य पारीएको,एमालेको जनाधार भएकै क्षेत्रमा राप्रपा जस्तो पश्चगामी शक्तिसंग तालमेल गरेको भन्ने असन्तुष्टि अहिले पनि एमालेको एउटा ठुलो तप्कामा छ। जुन तप्काले गठबन्धनको मर्मलाइ इमान्दारीता पुर्वक पालना गर्ला भन्नेमा तीन दलभित्रै भित्रै आशंका छ। त्यसमाथि पुर्व एमाले नेता भुसाललाइ सत्ता गठबन्धनले क्षेत्र नं। १ मा साथ दिएकाले भुसालका समर्थकहरुको मत खाणलाइ जाने आँकलन गरीएको छ। यो अवस्थालाइ नजिकबाट नियाली रहेको सत्ता गठबन्धनले आफना मत सुरक्षित गर्दैएमाले भित्रको असन्तुष्ट मत तान्ने रणनीतिमा छ।
त्यसका अलावा पञ्चायत कालमा लामो समय सत्ता र शक्तिको आडमा तराइको समुदाय माथि राज गरेको र मण्डले धङधङीबाट मुक्त हुन नसकेको भन्ने आरोप बोहोरा माथि लाग्ने गर्छ। २०४६ पछिका ५ वटा निर्वाचन लडेका बोहोराले ४ वटामा पराजय भोग्नुले पनि यो आरोपलाइ केही हद सम्म मलजल गर्छ। त्यस्तै अहिले बोहोरा मतदाता संग बोलेर भोट माग्न सक्ने अवस्थामा छैनन। घरदैलो र सभा सम्मेलनमा बोहोराको लिखित भाषण र प्रतिवद्धता पुर्वमन्त्री निरन्जन थापाले पढिदिन्छन। बोहोराले मतदाताको दैलोमा पुग्दा हात जोडछन, कुरा सुन्छन र थापातिर फर्कीएर इसारा गर्छन। त्यसपछि थापाले बोहोराको तर्फबाट मतदातालाइ आश्वासन दिन्छन। यो परिदृष्यले जनतासंग भोटै माग्न नसक्ने नेताले भोली जनताका आवाजलाइ कसरी बुलन्द गर्लान त भन्ने प्रश्न सिर्जना गरिदिएको छ। बोहोराकालागि यो प्रश्न अहिले चुनौतीकै रुपमा देखिएको छ। बोहोरालाइ पोष्ट कोभिड भएको र त्यसको असर घाटीमा देखिएकाले चिकित्सकै सल्लाहमा केही समयकालागि मात्रै भ्वाइस रेष्ट गरेको उनका स्वकीय सचिव धर्म केसीले बताए।
सामान्य स्वास्थ्य समस्याका कारण भ्वाइस रेष्ट गरेको बिषयलाइ विपक्षीले गलत प्रचारगरीदिएको आरोप राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणाको छ। ‘हारको मानसिकताबाट आत्तिएकाहरुले बोहोराजीको स्वास्थ्यलाइ समेत मुद्या बनाएका छन तर छिट्टै यो समस्या समाधान हुनेछ,निर्वाचन जितेर संसदमा यहाँका जनताको आवाजलाइ उठाउनु हुनेछ’राणाले भने।
भैलुभुज सिचाइ आयोजना, पुल, सडक खानेपानी,व्यवस्थित बस्ती विकास,डिप ट्युवेल जस्त आधारभुत विकासका थ’प्रै योजनाहरु बोहोराले ल्याएकाले जनताले उनैलाइ चुन्ने राणाले दावी गरे। तीन दलको कसीलो गठबन्धन निर्वाचन जित्ने मुख्य आधार भएको राप्रपा अध्यक्ष राणाको दावी छ।
काँग्रेस नेता खाणले भने जनताको बलिदानीबाट पाएका महत्वपुर्ण उपलब्धीहरुलाइ स्वीकार गर्न नसक्नेलाइ मतदाताले स्वीकार नगर्ने दावी गरे। पाँच दलिय गठबन्धनको शक्तिले मात्रै समुन्नत नेपाल निर्माण गर्न सक्ने उनको भनाइ छ। संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै जनताको जीवनस्तर परिर्वतनकालागि गठबन्धनका उम्मेदवारहरुले जित्नु पर्ने बताए।
नेता खाणले अवको पाँच बर्षमा भैरहवालाइ लुम्बिनी प्रदेशकै औधोगिक,व्यापारिक र पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सिद्धार्थ चक्रपथ निर्मार्ण गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाउने,आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्दै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने योजना ल्याएका छन।शिक्षा,स्वास्थ्य,खानेपानी,रोजगारी जस्ता आधारभुत विकासलाइ माथि उठाउने गरी भौतिक विकासका योजना तयार गरेको खाणले बताए। मर्चवारदेखि मुस्ताङ्गसम्म सडक,बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रो ट्रेन,सेमलारमा आध’निक कृषि बजार केन्द्र,बेलहियामा एकिकृत भन्सार चौकी (आइसीपी) सेजमा विद्य’त सब स्टेसन निर्माण,सिद्धार्थनगरको क्रिकेट मैदानको स्तरोन्नती,भैरहवाको भिम अस्पतालको स्तरबृद्धि,कालीगण्डकी–तिनाउ डाईभर्सन जस्ता ठुला परियोजना मार्फत विकास र समृद्धिको खाका कोर्ने भनेका छन।
मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएरत्यहाँका स्थानीयको समस्या समाधान गरी नमुना औद्योगिक क्षेत्र बनाउने,कारागार स्थानान्तरणव्यवस्थित अटोभिलेज,स्वर्गद्वारी घाटलाई सुविधायुक्त बनाउने,दयानगर–छपिया वरपरका गाँउलाइ समेटेर ‘नमुना कृषि पर्यटन क्षेत्र बनाउने बाचा सहित मत मागीरहेका छन। विकास प्रेमी भएकाले खाणलाइ यस क्षेत्रका जनताले आशालाग्दो नेताको रुपमा हेरेको र जित स’ निश्चित रहेको काँग्रेसका क्षेत्रीय सभापतीग’रुङको दावी छ।
राप्रपा नेता बोहोराले पनि भैरहवालाइ केन्द्रमा राखेर विकासे योजनाहरु ल्याएका छन। उद्योग व्यापार मेला संचालनकालागि भैरहवा मण्डप बनाउने,दानव नदिमा पुल निर्माण,एकिकृत जाँच चौकी (आइसीपी) निर्माण,भलवारी–तीनकुट्टा सडक बिस्तार,क्षेत्र समेटिने गरी चक्रपथ निर्माण,तिलोत्तमामा प्रादेशिक बसपार्क निर्माण,सडकको स्तरोन्नती तथा निर्माण,मन्दिर,पर्यटकीय संरचना निर्माण गरी पर्यटन प्रबद्र्धन गर्ने,छोटी भन्सार पुन संचालनमा ल्याउने,भिम अस्पतालको स्तरोन्नती लगायतका योजना लिएर बोहोरा मतदाताको घरदैलोमा पुगेका छन। राप्रपाका जिल्ला अध्यक्ष राणाले जनता माझ भिजेका,खारीएका र विकास प्रेमी नेता भएकाले बोहोराले नै जित्ने दावी गरे।
स्थानीय तहको जोड घटाउ
यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत काँग्रेसको ३४ हजार १५३,एमाले २९ हजार ४८,राप्रपा १३ हजार ३९७,जसपा ६ हजार १८३,नेकपा माओवादी केन्द्र २ हजार ८८१,नेकपा एकिकृत समाजवादी ९७७ र लोसपा २ हजार १७४ थियो।
सत्ता गठबन्धनका दलहरुको मत जोडदा ४० हजार १८५ छ। जनम’क्तिको ४ हजार मत छ। त्यसलाइ जोडदा सत्ता गठबन्धनको मत ४४ हजार बढी हुन्छ। एमाले,राप्रपा र जसपाको ४८ हजार ६२८ छ। यो मत अनुसार सत्ता गठबन्धन ४ हजारले पछाडी देखिएपनि राप्रपासंगको गठबन्धन र नेतृत्वको कार्यशैलीबाट रुष्ट एमालेजनहरुको भोट बोहोरालाइ जानेमा आशंका छ।
को हुन खाण
२०१७ सालमा स्याङजामा जन्मेका खाँणको परिवार उनी सानै छँदा रुपन्देहीको मणिग्राममा बसाइ सरेको हो। स्कुले शिक्षा मणिग्रामको शान्ती माविबाट पुरा गरेका हुन। खाणले त्रिभुवन विश्वबिद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन। बिद्यार्थी कालमै नेपाल बिद्यार्थी संघमा आवद्ध भएर पञ्चायत बिरुद्धको आन्दोलनमा होमीएकाखाण २०३६ सालमा नेपाल बिद्यार्थी संघ रुपन्देहीको अध्यक्ष भए। स्ववीयुको समेत सफल नेतृत्व गरेका खाण २०४२ सालामा नेविसंघको केन्द्रिय अध्यक्ष भए। २०५४ मा तरुण दलको केन्द्रिय अध्यक्ष भए। २०५५ मा पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भए। काँग्रेसमा पछिल्लो २४ बर्षदेखि उनी केन्द्रिय सदस्य छन। पार्टीले दिएका आन्तरिक र महत्वपुर्ण जिम्मेबारीहरु क’सलतापुर्वक निर्वाह गर्ने खाणको कार्यशैलीकै कारण उनलाइ काँग्रेसले सरकारमा पनी महत्वपुण जिम्मेबारी सहित पठाएको छ।
२०४८ मा बुटवल केन्द्र रहेको त्यतीबेलाको क्षेत्र नं. ३बाट निर्वाचन लडेर जितेपछि खाण पहिलो पटक संसद पसेका हुन। २०५१ मा सोही क्षेत्रबाट उठेर हार व्यहोरे। २०५६ मा उठेनन। २०६४ र २०७० मा हालको तिलोत्तमा केन्द्र रहेको क्षेत्र नं. ३ बाट उठेर विजयी भए। २०७४ मा समान’पातिक सांसद भए। २०६० सालमा उनी शिक्षा तथा खेलक’द राज्य मन्त्री भए। २०६५ मा सिचाइ मन्त्री र २०७३ मा रक्षा मन्त्री भए। अहिले उनी नेपाल सरकारका गृहमन्त्री छन। यसअघि संसदमा उनले नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतकको जिम्मेबारी प्रभावकारी ढंगबाट पुरा गरे। नेपाली काँग्रेसमा उनी प्रभावशाली नेताका रुपमा स्थापित छन।
को हुन बोहोरा
२००७ सालमा जन्मीएका बोहोरा पञ्चायतकाल देखि नै सत्ता र शक्तिको नजिक रहेर राजनीति गरेका पाका नेता हुन। भैरहवाको भैरहवा हाइस्कुलमा पढ्दा बिद्यार्थी मण्डलसंग नजिक रहेर पञ्चायती राजनीतिमा सक्रिय रहे। २०३८ सालको राष्ट्रिय पञ्चायत च’नावमा रुपन्देहीबाट सदस्यमा निर्वाचित भएका थिए। त्यतीबेला बोहोरा र डा.के.आइ सिंह राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका हुन। लगत्तै पर्यटन सहायक राज्यमन्त्री र २०४० मा पर्यटन राज्य मन्त्री बने। २०४२ को आम निर्वाचनमा रुपन्देहीबाट पुन राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए। लगत्तै निर्माण तथा यातायात राज्य मन्त्री र २०४४ सोही मन्त्रालयको मन्त्री बने। २०४७ मा राप्रपा गठन हुँदा केन्द्रिय सदस्य भएका बोहोरा कोषाध्यक्ष,उपाध्यक्ष हुँदै गत महाधिवेशनबाट राप्रपाको बरिष्ठ नेता बने। २०६७ मा वन तथा भुसंरक्षण मन्त्री, स्वास्थ्य मन्त्री हुँदै २०७४ मा आपुर्ती मन्त्री भए। प्रजातन्त्रको पुनस्थापना पछिका ६ वटा निर्वाचन मध्ये पाँच वटामा भाग लिएका उनले ४ पटक हार व्यहोरे। २०५१,२०५६ र २०६४ मा क्षेत्र नं. १ बाट उठेर हारेका थिए। २०७० मा भैरहवा केन्द्र भएको तत्कालिन क्षेत्र नं.२ बाट चुनाव जितेका थिए। २०७४ मा अहिलेकै निर्वाचन क्षेत्र ३ बाट उठेर हार व्यहोरे। तर चुनाव हारेपनि बोहोरा राष्ट्रिय राजनीति,सत्ता र शक्तिको सधै नजिक रहे,पटक पटक मन्त्री बने।
प्रकाशित: २६ कार्तिक २०७९ ११:१९ शनिबार