२५ पुस २०८२ शुक्रबार
image/svg+xml

विशेष महाधिवेशन पक्षधरले देउवा, खड्का, कोइरालालाई पनि पत्राचार गर्ने

विशेष महाधिवेशन पक्षधरले शुक्रबारै सभापति देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, अन्य पदाधिकारी र पूर्व पदाधिकारीलाई निमन्त्रणा पठाउने तयारी गरेको छ।

‘जलवायु संम्बद्ध निकायबाट अमेरिका निस्कदा जलवायु कार्य प्रभावित हुने डर’

फिर्ता हुने सूचीमा संयुक्त राष्ट्रसंघसँग सम्बद्ध ३५ र संयुक्त राष्ट्रसंघअन्तर्गतका ३१ गरी कुल ६६ संस्था छन् ।

राप्रपाले भन्योः पार्टीको लोकप्रियता बढ्दै गएपछि अनर्गल प्रचार सुरु भयो

पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन नजिकिँदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने काम भइरहेको निष्कर्ष निकालेको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

पोखरा–३३ का वडाध्यक्ष खुकुरी नचाउँदै पुगेपछि...

पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले प्रदर्शनकारी माथि खुकुरी प्रहार गर्ने प्रयास गरेका छन् ।

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला

उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् ।

नेकपाले थाल्यो निर्वाचन घोषणापत्र लेखन, मस्यौदा समितिको बैठक जारी

निर्वाचन आउन मात्र ५५ दिन बाँकी रहँदा नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक बसेको छ ।

विशेष अधिवेशनको पक्षमा सिरहा कांग्रेसको बहुमत

नेपाली कांग्रेस सिरहाबाट महाधिवेशन प्रतिनिधि चुनिएका बहुमत प्रतिनिधि महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्माले समर्थन गरेका विषेश महाधिवेशनमा भाग लिन काठमाडौं गइरहेका छन् । केही महाधिवेशन प्रतिनिधि काठमाडौं पुगि पनि सेकेका छन् ।

विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस प्रतिनिधि काठमाडौं जाने क्रम जारी

महाधिवेशनमा भाग लिन भन्दै सिरहाबाट महाधिवेशन प्रतिनिधि चुनिएका ६० बढी काठमाडौं लागेका छन् । सिरहाका चार निर्वाचनका १०३ जना महाधिवेशन प्रतिनिधि छन् ।

म्यादी प्रहरीमा ८९२ जनाको जागिर खुल्यो

फागुन २१ लाई तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा ताप्लेजुङमा ८ सय ९२ जना निर्वाचन प्रहरी(म्यादी)को माग भएको छ । यो नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फको कुल संख्या हो ।

भृकुटीमण्डप पुगेर विश्वप्रकाश र चन्द्र भण्डारीले के भने?

उनी पछिल्ला केही दिन यता सार्वजनिक स्थलमा देखिएका थिएनन्। जसले उनीमाथि कतिपयले संशय प्रकट गरिरहेका थिए।

'कुमारी'को लाइभ म्युजिकल कन्सर्ट नेपालगन्जबाट दमकसम्म, काठमाडौंको भृकुटीमण्डपमा

आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक चलचित्र 'कुमारी'को प्रवर्द्धन गर्न चलचित्र र लाइभ सङ्गीतलाई एउटै मञ्चमा देखाइने भएको छ ।

कांग्रेसमा विशेष महाधिवेशनविरुद्ध दबाब: १७ भ्रातृ संगठनद्वारा संयुक्त अपिल

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन आह्वानको विषयले नयाँ विवाद चर्किएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि संस्थापन पक्ष निकट १७ भ्रातृ संगठनले त्यसको विपक्षमा संयुक्त अपिल जारी गरेका हुन्।

राप्रपाको समानुपातिक सूचीमा महिला विद्रोह

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत तयार पारिएको बन्दसूचीलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। बन्दसूची सच्याउन माग गर्दै महिलाहरूको एक समूह आज पार्टी केन्द्रीय कार्यालय पुगेको हो।

कर्णालीका १० जिल्लाका सभापतिले भने: विशेष महाधिवेशनले पार्टी एकता बिगार्छ

पार्टीको आधिकारिक निर्णयविना व्यक्ति विशेषबाट आव्हान गरिएको विशेष महाधिवेशनमा सहभागी नहुन आव्हान गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्