१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पानीको वैकल्पिक श्रोत पहिचान गरी काठमाडौंको समस्या समाधान गर्छुः प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक श्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन्।  

सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।  

नेता सिंहले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारहरुले पानीको वैकल्पिक श्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए। उनले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने भन्दै आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा उम्मेदवारहरुलाई जिताउन आग्रह गरे।  

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा विकास गर्नका लागि पर्याप्त ठाउँ र कामहरु रहेकाले सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई विजय गराउनुपर्ने बताए। उनले गठबन्धनले जितेको खण्डमा मात्रै निर्वाचन क्षेत्रका समस्या समाधान हुनेपनि बताए।  

प्रकाशित: २८ कार्तिक २०७९ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App