५ आश्विन २०८१ शनिबार
image/svg+xml

सिटिजन्सको मोबाइल बैंकिङ एपमा नयाँ सुविधा

सिटिजन्स बैंकले आफ्ना ग्राहकको मोबाइल बैंकिङ अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ। त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ।

शुक्रवारसम्म नयाँ नोट साट्न सकिने

बैँकले आजबाट नयाँ नोट साट्न सुरु गरेको हो। आगामी शुक्रवारसम्म नयाँ नोट साट्न पाइने समयावधि तोकिएको राष्ट्र बैँकले जनाएको छ।

एनआइसी एसिया बैंकको २६औं साधारणसभा

बैंकको २६ औं वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रूपैयाँ पुगेको जनाएको छ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ।

गरिमा विकास बैंकको चाडवाड योजना

गरिमा विकास बैंकले दशैं लक्षित अफर ल्याएको छ। योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम दुई सय रूपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ।

माथिल्लो अरुण जलविद्युतका लागि विश्व बैंकले १ खर्ब बढी ऋण दिने

विश्व बैंकले माथिल्लो अरुण जलविद्युत आयोजनामा बनाउन १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

हिमालयन बैंकद्वारा प्रहरी परिसरलाई सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई दुई लाख ६७ हजार पाँच सय रूपैयाँ बराबरको ‘इन्स्टा ३६० चेस्ट स्ट्राप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामेरा हस्तान्तरण गरेको छ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले इभी स्कुटरहरूको खरिदमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

ग्लोबल बैंकले ‘क्लाइमेट फन्ड’को २५ मिलियन डलर ऋण लिने

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जिसिपिएफ), लक्जेम्बर्गबाट २५ मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३२ करोड ८२ लाख रूपैयाँ) ऋण लिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्