१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन बैंकद्वारा प्रहरी परिसरलाई सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई दुई लाख ६७ हजार पाँच सय रूपैयाँ बराबरको ‘इन्स्टा ३६० चेस्ट स्ट्राप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामेरा हस्तान्तरण गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधका आधारमा काठमाडौं जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिको निगरानी तथा रोकथाम गर्न बैंकले सो सहयोग प्रदान गरेको जनाएको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सहयोग स्वरूप सो क्यामेरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई हस्तान्तरण गरेका छन्।

प्रकाशित: २६ आश्विन २०८० ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App