२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकको २६औं साधारणसभा

एनआइसी एसियाको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको तीन अर्ब ३५ करोड ३५ लाख ६१ हजार रूपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ १७ करोड ६५ लाख रूपैयाँसमेत गरी कुल तीन अर्ब ५३ करोड ६४ हजार रूपैयाँ वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

बैंकको २६ औं वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रूपैयाँ पुगेको जनाएको छ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

प्रकाशित: २९ आश्विन २०८० ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App