२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

सिद्धार्थ बैंकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट बैंकका सेयर धनीहरूलाई ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख रूपैयाँमा ४.२१ प्रतिशत बराबरको ५९ करोड ३१ लाख रूपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारणसभाबाट पारित भए पश्चात् मात्र वितरण गरिने बैंकले जनाएको छ।

बैंकले आर्थिक वर्ष २०७९।८० मा तीन अर्ब १६ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा २६ करोड रूपैयाँ बढी हो।

यसैगरी बैंकले वितरणयोग्य मुनाफा ६६ करोड रूपैयाँ कायम रहन आएको जानकारी दिएको छ। 

प्रकाशित: २६ आश्विन २०८० ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App