सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
सिद्धार्थ बैंकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
सिद्धार्थ बैंकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले आ.व. २०७८/७९ को वितरण योग्य मुनाफाबाट बैंकका सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) गरी कुल १३.१६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
महामारीमा एकातिर नियमित काममा अवरोध हुँदा र अर्कोतर्फ उद्योग,व्यवसायीलाई कर्जामा सहुलियत प्रदान गर्दा गर्त वर्ष बैंकहरूको आम्दानीमा केही गिरावट आउन पुगेको बैंकरहरू बताउँछन्।
हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।