८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकद्वारा १३.१६ प्रतिशतको लाभांश घोषणा

सिद्धार्थ बैंकले १३.१६ प्रतिशतको लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले आ.व. २०७८/७९ को वितरण योग्य मुनाफाबाट बैंकका सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) गरी कुल १३.१६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८ सय ३१ रूपैयाँमा १२.५० प्रतिशत बराबरको १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३ सय ५४ रूपैयाँ बोनस सेयर तथा ०.६६ प्रतिशत बराबरको ८ करोड २३ लाख ९७ हजार ५ सय ४५ रूपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ। सिद्धार्थ बैंकले हाल देशभर १ सय ९३ वटा शाखा, १ सय १८ शाखारहित बैंकिङ, २ सय १५ एटिएम, १७ सय भन्दा बढी पिओएस मेसिन र २० हजार भन्दा बढी क्युआर मर्चेन्ट मार्फत् उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ सुविधा आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ।

प्रकाशित: २१ मंसिर २०७९ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App