१ मंसिर २०८१ शनिबार
image/svg+xml

दलित महिला र बालबालिकामाथिको विभेद अन्त्य गर्न माग

महिला अधिकारकर्मीहरुले दलित महिला र बालबालिकामाथि हुने विभेद अन्त्यको माग गरेका छन्। दलित महिला संघ (फेडो)ले सोमवार राजधानीमा आयोजना गरेको १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा दलित महिला र बालबालिकाहरु माथि बढ्दो हिंसा र न्यायमा पहुँचको अवस्था विषयक छलफल कार्यक्रमका सहभागीहरुले न्यायमा दलित महिला र बालबालिकामाथि विभेद हुने गरेको भन्दै अन्त्यको माग गरेका हुन्।

सिन्धुको ‘कणाली’ मा सुविधा सम्पन्न विद्यालय

जिल्लाको विकट हिमाली गाउँ सेलाङका बालबालिकाले सुविधा सम्पन्न विद्यालय पाएका छन्। झट्ट हेर्दा ‘रिसोर्ट’ जस्तो देखिने विद्यालय भवनका चिटिक्क कोठामा पढ्न पाउँदा उनीहरु दंग छन्। सिन्धुपाल्चोकको कर्णाली क्षेत्र भनेर चिनिने जुगल गाउँपालिकास्थित सेलाङ माविको भवन पहिला ढुंगामाटोले बनेको परम्परागत किसिमको थियो। त्यो पनि २०७२ वैशाख १२ को भूकम्पले ढालिदियो। साढे तीन वर्षभन्दा बढी समय जस्ताको अस्थायी टहरोमा पढेका विद्यार्थीले अहिले सुविधा सम्पन्न विद्यालय पाएका हुन्।

बाबुआमा नै मोबाइल फोनमा भुल्दा...

भदौ १५ गते बुबाको मुख हेर्ने दिन थियो। हामीले स्कुलमा अभिभावकलाई बोलाएका थियौँ। छोराछोरीले नै सम्मान गर्ने कार्यक्रम राखेका थियौँ। दुई कक्षाका विद्यार्थी र अभिभावकबीच अन्तक्रिया पनि थियो। कार्यक्रममा पनि खेल थियो। बालबालिकाले आफ्नो बाबाबारे तथा बाबाले आफ्ना नानीहरूबारेको बुझाइसम्बन्धी प्रश्न सोध्ने खेल थियो।

आमा मृत छोराछोरी बेपत्ता

खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपत्ता बालबालिकाको अवस्था अझै अज्ञात छ। उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ।

खाजा खर्चबाट मुसहर बालबालिकालाई सहयोग

जिल्लास्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले आइतबार मुसहर बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गरेका छन्। ईश्वरपुर नगरपालिकाअन्तर्गत बयलबास बजारस्थित लालिगुराँस एकेडेमीका विद्यार्थीले आफ्नो खाजा खर्चबाट उक्त सहयोग गरेका हुन्। चन्द्रनगर गाउँपालिकाअन्तर्गत बबरगंजस्थित मुसहर टोलका ४० बालबालिकालाई कापी, पेन्सीललगायत शैक्षिक सामग्री उनीहरूले सहयोग गरेका हुन्।

‘म मेरो बालबालिकाले आणविक हतियारको बोझ नबोकुँन् भन्ने चाहन्छु’

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्ना बालबालिकाले आणविक हतियारको बोझ लिएर बाँचुन् भनेर नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग बताएका छन्।

बालबालिकामा क्रिकेट क्रेज बढ्दै

केही दिनअघि सदरमुकाम मलंगवास्थित जीर्ण रंगशाला (कभर्डहल) पुग्दा १२ जना ससाना बालबालिका क्रिकेट खेलिरहेका भेटिए। छेउमा टेबुलमाथि साना दुईवटा कप अनि ६ वटा गोल्ड र ६ वटै सिल्भर मेडल पनि राखेका थिए उनीहरूले।

अनाथ २५ बालबालिकालाई निःशुल्क पढाउने घोषणा

सोलुखुम्बुको सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस बोर्डिङ स्कुलले अनाथ २५ बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेको छ। आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा स्कुलले उक्त

रंगमञ्चमा हजारौं बालबालिका

दशौं राष्ट्रिय बालनाटक महोत्सवसम्म आइपुग्दा १२० भन्दा बढी नाटकले प्रतिस्पर्धा गरेका छन्। यसरी तीन हजार बढी बालबालिका स्टेजमा उक्लेर अभिनय गर्न सफल भएका छन्। शैली थिएटर ०६५ सालदेखि औपचारिक रूपमा नाट्य क्षेत्रमा सक्रिय छ। मचाहिँ ०५४ देखि अभिनय र निर्देशनमा सक्रिय छु। शैली थिएटर स्थापना भएको वर्ष दिन पुग्नै लाग्दा वार्षिक उत्सवको तयारी हुँदा साथीहरूसँग प्रस्ताव राखें–बालनाटक महोत्सव गरौं।

सन्देश र दिआर ‘उत्कृष्ट कलाकार’

शैली थिएटरले आयोजना गरेको ‘दशौं राष्ट्रिय बाल नाटक महोत्सव’ सम्पन्न भएको छ। शैलीले माघ ८ गतेबाट राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा विभिन्न विद्यालयका बालबालिकाहरू सहभागी गराई महोत्सव आयोजना गरेको थियो। महोत्सवमा १९ सामुदायिक तथा निजी विद्यालयले २० नाटक मञ्चन गरेका थिए। शैलीले छ विधाका ‘उत्कृष्ट कलाकार’लाई पुरस्कृत गरेको थियो। जसमा पुरुषतर्फ नाटक ‘ठूलो मान्छे’ का लागि होली एन्जल्स स्कुल आरुबारीका १३ वर्षे सन्देश गिरी र अर्को एक नाटकका लागि महिलातर्फ दिआर खड्गा ‘उत्कृष्ट कलाकार’ घोषित भए। उनीहरूलाई प्रमाणपत्र र जनही १० हजार प्रदान गरिएको थियो। ‘पब्लिक च्वाइस अर्वाड’ भने होली एन्जल्स स्कुलकै भावना मगरले जितिन्।

स्वागत गर्न लाईनमा बसेकी छात्राको मृत्युबाट के सिक्यौँ ?

बालबालिका शान्ति क्षेत्र हुन् भनेर घोषणा गरेको पनि धेरै भयो। विद्यालय शान्ति क्षेत्रको अवधारणा पनि अब पुरानो भइसक्यो। साझेदार निकायसँगको सहकार्यमा सरकारले बालमैत्री विद्यालयको अवधारणा सबैजसो ठाउँमा यसअघि नै कार्यान्वयनमा ल्याएको हो।

बाउन्न बालबालिका हराए

पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ। बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले बताइन्।

जाडोमा बालबालिकाका स्वास्थ्य समस्या

मंसिर, पुस लागेदेखि जाडो हुने, तापक्रम चिसिने क्रम निरन्तर हुन्छ । जाडो मौसममा बालबालिकालाई विशेषगरी छालाको स्वास्थ्य समस्याले सताउने गरेको छ ।

प्रविधिको लतमा बालबालिका

विद्युतीय उपकरण जति भित्रियो त्यो मानिसमा आएको एउटा विकास हो । हामीमा विद्युतीय सामग्री जति भित्रियो त्यसले सबभन्दा ठूलो चुनौती अभिभावकलाई र स्कुललाई दिन्छ । जति विकास हुँदै गयो, त्यसले विनाश पनि त्यत्तिकै हुने गरेको छ । यसले मान्छेका भावना, सृजनशीलता, पारस्परिक सम्बन्धलाई विनाश गर्दै लगेको छ । कुनै स्कुलको प्यारेन्टिङमा गएको बेला, त्यहाँ धेरै अभिभावकले मेरो बच्चाले विद्युतीय सामान धेरै चलाउँछ के गर्ने के गर्ने भन्न थाले । त्यस प्रश्नको उत्तरमा बालबालिकाले ती विद्युतीय सामग्री लिएर जन्मेको त होइन, उसलाई ती सामग्री उपलब्ध गराइदिने त हामीले नै हो भन्नुप-यो ।

बालबालिकालाई डिजिटल खेलौना दिने कि नदिने ?

हिजोआज अब सबैथोक डिजिटल भइसक्यो । जमाना नै डिजिटल भइसक्यो । यस्तो अवस्थामा बालबालिकालाई इन्टरएक्टिभ डिजिटल खेलौना र खास किसिमका मोबाइल–ट्याब एप बनाउन थालिएको छ । तर बालबालिकाका लागि भनेर बनाइएका यस्ता सामग्रीले तिनको भलो गरिरहेको त छ ? अमेरिकामा भएको एउटा शोधले यस प्रश्नको जवाफ दिने प्रयास गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्