८ पुस २०८१ सोमबार
image/svg+xml

सवारीसाधानमा जथाभावी प्रेस लेखे कारवाही

नेपाल पत्रकार महासंघ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगतलाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो।

पत्रकार शाहको पक्राउप्रति पिजे क्लबको आपत्ति

फोटो पत्रकार (पिजे) क्लबले राष्ट्रपति कार्यालय शीतल निवास अगाडि समाचार संकलनका क्रममा गिरफ्तारीमा परेकी फोटो पत्रकार बर्षा शाहको रिहाईको माग गरेको छ। शाहको गिरफ्तारीको भत्सर्ना गर्दै पिजे क्लबले विना शर्त रिहा गर्न गरेको हो।

पत्रकारिताप्रति कठोर सरकार

अमेरिकाका राष्ट्रपति थोमस जेफर्सनले अखबारविनाको सरकार र सरकारविनाको अखबारमा कुन रोज्ने भन्ने प्रश्न आयो भने एक क्षण पनि विलम्ब नगरी पहिलो विकल्प रोज्छु भनेका थिए। तर, जब उनी राष्ट्रपति भए त्यसबेला उनले प्रेसको नै आलोचना गरेका थिए। जब जब कुनै दल प्रतिपक्षीमा आउँछ उसको एक मात्र सहारा बन्न पुग्छ, मिडिया।

पत्रकारिता प्रतिपक्षी दल जस्तो बन्न हुँदैनः अर्थमन्त्री डा. खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन्।

क्रान्तिकारी पत्रकार महासंघ गण्डकी अध्यक्षमा जिसी

क्रान्तिकारी पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोपाल जिसी चयन भएका छन्। बिहीबार प्रदेश राजधानी पोखरामा भएको भेला तथा अन्तरक्रिया कार्यक्रमबाट जिसीको अध्यक्षता रहने गरि सात सदस्यीय प्रदेश समिति चयन गरिएको हो।

‘विकास र समृद्धिका लागि पत्रकारको सहयोग आवश्यक’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि पत्रकारहरुको साथ र सहयोगको खाँचो औल्याएका छन्।

कर्णालीका पत्रकारलाई स्वास्थ्य बिमा

कर्णालीका पत्रकारहरुलाई व्यवसायीक तथा उत्प्रेरित बनाउन कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। पत्रकार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन कार्यविधी २०७५ स्वीकृत गरेर प्रक्रिया अघि बढाइएको हो।

विज्ञापनमा सम्पादन-सत्यपन गर्न मिल्दैन

नेपाली पत्रकारिताको विश्वसनीयताबारे कसैले प्रश्न उठाएको छ भने त्यो दुई तिहाइ बहुमत प्राप्त सरकारले उठाउने गरेको छ। पत्रकारिताका अनेक सिद्धान्तमध्ये स्वतन्त्रतावादी सिद्धान्तले भन्छ– तिमी जेसुकै लेख, त्यसलाई पढ्ने वा नपढ्ने अधिकार पाठकलाई छ। यो सिद्धान्त प्रतिपादन भइरहँदा प्रसारण पत्रकारिता फस्टाएको थिएन। त्यसैले पाठकका कुरा आए।

‘प्रविधिले पत्रकारितामा चुनौती थपिँदै’

सञ्चार उद्यमी तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिले पछिल्लो समय ‘फेक न्युज’ सञ्चार क्षेत्रका लागि चुनौती बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नागरिककर्मी खड्कालाई सेजन अवार्ड

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले प्रदान गर्ने ‘सेजन अवार्ड’ नागरिक दैनिकका रुद्र खड्काले प्राप्त गरेका छन्। वर्षभरिको उत्कृष्ट आर्थिक समाचारमध्येबाट छानिएर खड्का पुरस्कृत भएका हुन्।

पत्रकार चन्दलाई तत्काल रिहाइ गरः महासङ्घ

नेपाल पत्रकार महासघले पक्राउ परेका पत्रकार गोपाल चन्दलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको छ ।

श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइने

नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारगृह दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ।

‘साउदी युवराजकै आदेशमा खसोग्गीको हत्या’

पत्रकार जमाल खसोग्गीको हत्याका लागि साउदी युवराज मोहम्मद बिन सलमानले नै आदेश दिएको अमेरिकी गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)ले अनुमान गरेको छ।

पत्रकार आलमलाई रिहा गर्न आदेश

देशलाई ठप्प पार्ने गरी विद्यार्थीले गरेको प्रदर्शनबारे सञ्चारमाध्यममा अन्तर्वार्ता दिएपछि पक्राउ परेका फोटो पत्रकार साहिदुल आलम जमानतमा रिहा भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्