१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कमल अर्याल


कमल अर्यालका लेखहरु :

आत्मविश्वास नबढ्दा खुम्चियो पुँजी बजार

हालै मात्र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ‘जलविद्युतमा जनताको लगानी’ कार्यक्रमअन्तर्गत पहिलो आयोजनाका रूपमा रहेको ‘त्रिशूली ३ बी’मा प्राथमिक सेयरमा लगानी गर्न डिम्याट खाता खोलेको समाचार आएको छ। प्रधानमन्त्रीको यो कदम सेयर बजारका लागि एक महत्वपूर्ण प्रेरणा हो। किनभने मुलुकको अर्थतन्त्रको आकार बढ्दै गए पनि पुँजीबजारको आकार भने घट्दै गएको छ।

पत्रकारिताप्रति कठोर सरकार

अमेरिकाका राष्ट्रपति थोमस जेफर्सनले अखबारविनाको सरकार र सरकारविनाको अखबारमा कुन रोज्ने भन्ने प्रश्न आयो भने एक क्षण पनि विलम्ब नगरी पहिलो विकल्प रोज्छु भनेका थिए। तर, जब उनी राष्ट्रपति भए त्यसबेला उनले प्रेसको नै आलोचना गरेका थिए। जब जब कुनै दल प्रतिपक्षीमा आउँछ उसको एक मात्र सहारा बन्न पुग्छ, मिडिया।

आधारभूत सुविधा छैन, विलासी सपना ?

सरकार दिनहुँ आर्थिक समृद्धिको कुरा गरिरहेको छ । जनतालाई सुखी र समृद्ध बनाउने कुरा नै सरकारका प्रमुखदेखि मन्त्रीसम्मले रटान दिँदै आएका कुरा हुन् ।

कोही किन सदाचारी होस् !

जब विधिको शासन कमजोर बन्छ तब भ्रष्टाचार यत्रतत्र सबैतिर व्याप्त बन्दै जान्छ । विधिको शासन कुनै उत्कृष्ट संविधानको दस्तावेजले पालना हुने होइन । नेतृत्व जनताप्रति इमानदार नबन्दासम्म विधिको शासन सबल बन्नै सक्दैन । तर, विडम्बना हाम्रो नेतृत्व कहिले पनि जनताप्रति जवाफदेही हुन सकेन । राणाशासनमा राणाहरूले आफ्नो तजबिजी शासनमा कति भ्रष्टाचार गरे त्यसको लेखाजोखा प्रजातन्त्रपछि पनि गरिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्