१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

सप्तरी घटनाको आक्रोशमा सिरहामा दुई ट्रकमा आगजनी

सप्तरीमा प्रहरीको गोलीबाट मधेसी मोर्चाका तीनजना प्रदर्शनकारीको निधन भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलार्ई सुरक्षा घेरामा सुरक्षाकर्मीले सशस्त्र प्रहरी गण बरमझिया पुर्याएको थियो। सशस्त्र प्रहरीको गणबाट साँझ सुरक्षा घेरामै नेताहरुलाई ईटहरी पुर्याइएको थियो।

दाङमा बस र ट्रक ठोक्किँदा २३ जना घाइते

राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

ट्रक दुर्घटनामा सात घाइते

सदरमुकाम वीरेन्द्रनगरबाट साटाखानी जाँदै गरेको ट्रक धुलियाविट–भेडाबारी सडकखण्डको भुतचोक नजिक दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राष्ट्रका नाममा सम्बोधन

'तीन महिना वित्दा पनि एउटा दलको हठका कारण छलफल नै हुन सकेन। लोकतन्त्रनै खतरामा पुग्ने अवस्थामा पुग्यो। यो विषयमा असन्तुष्ट पक्षलाई नझस्कन आग्रह गर्दछु। निर्वाचन सँगै संविधान संशोधन गर्न सरकार प्रतिवद्ध छ।'

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन्। दाहालले आज साँझ पाँच बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेश सल्लाहकार गोविन्द आचार्यले बताए।

ट्रक र बाइक ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

ट्रक र मोटरबाईक ठोक्किँदा खोटाङमा एक जनाको मृत्यु भएको छ। हलेसीबाट जयरामतर्फ जाँदै गरेको बा २ ख ५२०८ नम्बरको ट्रकसँग सोही दिशामा गइरहेको स ४ प ४८६१ नम्बरको मोटरबाईक ठोक्किँदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका–२ का अन्दाजी ३५ वर्षका कमल रार्इकाे मृत्यु भएको हो।

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

रौतहटमा कोइला बोकेको भारतीय नम्बर प्लेटको मालवाहक ट्रकको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ। रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ पोठियाही टोलका ५५ वर्षीय विपत चौधरी कलवारको ट्रकको ठक्करबाट घटना स्थलमै ज्यान गएको हो।

ट्रक पल्टिँदा ८ घाइते

मेची राजमार्ग अन्तर्गत जिल्लाको कोल्बुङ गाउँमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर छ।

राष्ट्रको नेतृत्व लिने उद्‍घोष

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन शुक्रबार राजधानीमा सुरु भएको छ। महाधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष कमल थापाले राप्रपा अब राष्ट्रको नेतृत्व गर्ने शक्ति बन्ने उद्घोष गरे। तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंसिर ६ गते एकीकरण भएपछि राप्रपाले पहिलो एकता महाधिवेशन आयोजना गरेको हो।

विद्युत् सर्ट भई ट्रकमा आगलागी, किराना पसलमा क्षती

ललितपुरको बज्रबाराहीमा ब्याट्रिको विद्युत् सर्ट भई आगलागी हुँदा एउटा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ।

जुम्लाको भीरबाट ट्रक खस्यो, तीन जनाको मृत्यु

जिल्लाको बड्की गाविसमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। नेपालगञ्जदेखि मुगुतर्फ जाँदै गरेको ना६ख ९३७२ नम्वरको उक्त ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लले जानकारी दिए।

ओभरटेक गर्न खोज्दा माइक्रोबस ट्रकसँग ठोक्कियो, १२ घाइते

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नौविसे गाविस वडा नं. १ धार्केमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

दुई ट्रक जुध्दा चालक सहित तीन जना घाइते

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक दारेचोक–७ चुङ खोलास्थित पृथ्वी राजमार्गमा आज बिहान एकापसमा ठक्कर खाँदा चालक र सहचालक गरी तीनजना घाइते भएका छन् ।

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्