१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कालिका र पप्पु ठेक्का लिन वञ्चित

मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याइँ गरेको आरोप लागेका ठेकेदार कम्पनी सिटिसिई कालिका र पप्पु कन्सट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन्। सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी नबनाउने नियम बनाएसँगै यी दुई कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन्। राम्रो काम नगरेको आरोपमा यी दुवै कम्पनीको मुद्दा अदालतमा विचाराधीन छ। कालिका र पप्पुजस्तै अदालतमा मुद्दा परेका अन्य कम्पनीले पनि अब ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गर्न पाउने छैनन्।

टिप्पर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २ घाइते

रोकिराखेको टिप्परलाई तिव्र गतिमा आएको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौता हुँदै

रसुवागढी नाकामा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि चिनियाँ टोली नेपाल आएको छ। निर्माणको जिम्मेवारी पाएको तिब्बेत फुली कन्स्ट्रक्सनको टोली नेपाल आएको हो।

‘गाडी ब्याग गरेर हत्या’

क्याम्पस पढेर फर्किरहेकी १९ वर्षीय सुनिता रावलको मंगलबार लम्कीमा मालबाहक ट्रकको टायरमा च्यापिएर घटनास्थलमै ज्यान गयो।

माइक्रोसँग ठोक्किएको मोटरसाइकल ट्रकमुनी छिरेपछि...

बुधबार धादिङ गल्छीस्थित पृथ्वी लोकमार्गमा मोटरसाइकल र बस दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

ट्रकले युवतीलाई ब्याक गरेर च्यापेपछि तनावग्रस्त बनेको लम्की शान्त, आफन्तले शव बुझे

दुर्घटनामा संलग्न ट्रक चालकलाई कानूनी कारवाही गर्ने सहमतिपछि लम्कीको जनजीवन सामान्य बनेको छ। मृतक सुनिता रावल (१९) का आफन्तले शव बुझेका छन्। उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ। दिनभर रोकिएका सवारी साधन सुचारु भएका छन्।

ट्रकले युवतीको ज्यान लिएपछि लम्की बजार तनावग्रस्त

कैलालीकाे लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएकोे छ। ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत सुनिता रावलको ज्यान गएको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ।

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

गए राति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त घटना घटेको हो।

कालो सूचीमा रहेको पप्पु कन्ट्रक्सनले ठेक्का लिएको पुल एक वर्षमै बन्ने

उदयपुरको कटारी र सिन्धुलीको सीमास्थल कमला नदीमा निर्माणधिन पक्की मोटरेबल पुल ठेकेदार कम्पनी लुम्बिनी बिल्र्डस्ले एक वर्षभित्रमा बनाउने भएको छ। यो पुल निर्माण गर्न करिव ६ वर्ष अघि पप्पु कन्ट्रक्सन र लुम्बिनीले ठेक्का लिएका थिए।

ट्रकको ठक्करबाट युवकको मृत्यु

भक्तपुरको च्याम्हासिंहमा मंगलबार राति ट्रकले पैदल यात्रीलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट  ब्रम्हायणीतर्फ जादै गरेको बा ५ ख ३८३९ नं. को निशान ट्रकले पैदल यात्री रामेछाप सुनपाती गाउँंपालिका ३ घर भई हाल भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंह बस्ने बर्ष ३५ को चन्द्रबहादुर मोक्तानको मृत्यु भएको हो।

सात वर्षमा पनि सडक नबनेपछि नगरकोटबासीद्वारा आन्दोलन घोषणा

दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ३ को मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका १३ भोटियाटोल चोकमा तीन जना सवार मोटर साइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

ट्रक व्यवसायी संघमा दवाडी

सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा रामबहादुर दवाडी चयन भएका छन्। हरिवन नगरपालिका–१० नयाँ रोडस्थित संघको कार्यालयमा आइतबार सम्पन्न पाँचौं साधारणसभा एवं तेस्रो अधिवेशनले दवाडीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो। साधारणसभा एवं अधिवेशनको उद्घाटन प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले एक समारोहबीच गरेका थिए।

ट्रक र भ्यान ठोक्किँदा सानेपामा दुई जनाको मृत्यु

सानेपामा एक ट्रक भ्यानसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जनक शिक्षा सामाग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक बा ७ च २१३१ नम्बरको भ्यानसँग ठोक्किएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्