१४ आश्विन २०८१ सोमबार
image/svg+xml

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली

नेपालमा २०६२/०६३ को आन्दोलनले राजालाई फ्याँक्यो। देशमा गणतन्त्र आयो। आन्दोलन सफल नहुन्जेल नेपालको राष्ट्रिय गान ‘श्रीमान् गम्भीर...’ थियो। त्यो राष्ट्रगानमा राजा/महाराजाको गुनगान गाइन्थ्यो। त्यसैले आन्दोलनपछि त्यसलाई गाउन छाडियो।

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भिर

व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिवार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ आउदै गरेको ना ८ ख ३५२७ नंम्वर को ट्रकले बिग्रीएर बनाउन लागेको  ना १ ख ६१६२ नं को ट्रकलाई ठक्कर दिदाँ  बनाउन लागेको ट्रकका चालक  चितवन टाडी बस्ने २५ बर्षिय सन्तोष राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

धादिङमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले  विपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ तिलारमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। खहरेबाट कार्कीगाउँतर्फ ढुङ्गा लोेड गरी जाँदै गरेको ग १ ख ५९५९ नम्बरको स्वराज मिनी ट्रक सोमबार बिहान आफै अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ बस्ने २८ वर्षीय अर्जुन भुजेलको मृत्यु भएको छ।

२० अर्बको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा

ठूला पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बुधबारबाट कारोबार सुरु गरेको हो। अर्थमन्त्री युवराज खतिवडाले बुधबार उक्त बैंकको उद्घाटन गरेका हुन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै खतिवडाले दीर्घकालीन निक्षेप संकलन गर्नतिर लाग्न बैंक सञ्चालकलाई आग्रह गरे। ‘दीर्घकालीन लगानीलाई प्राथमिकता दिनुहोस्,’ उनले भने, ‘अल्पकालीन लगानीका लागि अन्य बैंकहरु छन् , तपाईंहरु त्यतातिर नलाग्नुहोस्।’

ट्रक दुर्घट्नामा बालकको मृत्यु

उदयपुरको कटारिमा बुधबार ट्रक दुर्घट्नामा परि एक बालकको ज्यान गएको छ। कटारी बजारको अस्पताल चोकमा ना ४ ख ८८९८ नं को ट्रकले किचेर ५ बर्षिय मौसम राईको मृत्यु भएको हो।

इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९ हुँदै

‘इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९’ हुने भएको छ। नेपाली निर्माण क्षेत्रले पुर्‍याएको योगदानलाई सम्मानस्वरुप उक्त अवार्ड वैशाखा दोस्रो साता हुन लागेको हो।

पप्पुका सञ्चालकले तिरे साढे ३ करोड धरौटी

विशेष अदालतले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार र अध्यक्ष सुमित रौनियारलाई जनही १ करोड ७५ लाख रुपैयाँ धरौटी तिरी तारेखमा बस्ने आदेश दिएको छ। हरिनारायण निलम्बित सांसद हुन् भने सुमित उनका छोरा हुन्।

धानको बाेरा लाेड गरिएकाे ट्रकमा तस्करीको कपडा

पर्साको ठोरीमा प्रहरीले धानको बोरा लोड गरिएको ट्रकबाट आइतबार साँझ १९ पोका कपडा बरामद गरेको छ। उक्त कपडाको मूल्य २२ लाख रुपैयाँ पर्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ठोरी हुँदै चितवनको नारायणगढ जाँदै गरेको लु १ ख ३३१० नम्बरको ट्रक पर्साको निर्मल वस्तीबाट एक सय पाँच बोरा धान लोड गरेर हिँडेको थियो। प्रहरीले इलाका प्रहरी कार्यालय ठोरीअगाडि रोकर जाँच गर्दा १९ वटा पोकामा कपडा फेला परेको हो।

त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता

चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ।

एलपी ट्रक दुर्घटना हुँदा ४ जना घाइते

आइतबार रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ बाह्रघुम्तीमा एलपी ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। घाइते हुनेमा मकवानपुर लामिटार–३ का ३५ वर्षीय चालक बिबेक मोक्तान, १५ वर्षीय उमेश घलान, ३३ वर्षका समिर बजुँ र रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ का ४० वर्षीय इनअफ स्याङ्तान रहेका छन्।

राेकी राखेकाे बसलाई ट्रकले दियो ठक्कर, घटनास्थलमै तीनजनाको मृत्यु

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका–१२ काे बाके जंगलखण्डमा रोकी राखेको रात्रीबसलाई ना५ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौबाट इलाम जाने क्रममा सापट बिग्रेर रोकेको ना४ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

गोरखा–चितवन पुल निर्माण अलपत्र पारेपछि पप्पुको धरौटी जफत

पप्पु कन्सट्रक्सनले जिम्मा लिएर सिध्याउनुपर्ने त्रिसुली नदी माथीको पुल अलपत्र छाडेपछि सडक आयोजनाले धरौटी जफत गर्ने भएको छ। गत माघमा सिध्याउनुपर्ने त्रिसुली नदी माथिको पक्की पुलको अहिले सम्म १६ प्रतिशत मात्रै काम भएको छ।

राष्ट्रकविलाई ‘नाजिकाजी स्मृति अभिनन्दन’

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नातिकाजी स्मृति समाजले अभिनन्दन गरेको छ। नातिकाजीको ९३ औं जन्मजयन्तीको अवसर पारेर शनिबार नातिकाजी निवासमा ५० हजार रुपैयाँ नगदसहित दोसल्ला ओढाएर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्