२४ असार २०८१ सोमबार
image/svg+xml

ड्यिुटी हिँडेका चिकित्सक यादवको टिपरको ठक्करबाट मृत्यु

मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

चिकित्सक संघले भन्योः काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन होस्

नेपाल चिकित्सक संघले निर्दोष चिकित्सकलाई पक्राउ गरी उनको मानमर्दन गरेको, मानसिक तनाव दिएको भन्दै त्यसमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ।

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।महिलालाई दुर्व्यवहारका साथै गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

कपिलवस्तुमा बसको ठक्करबाट १० गाई गोरु मरे

कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन्। जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रुकुमपूर्वमा डेंगु पोजेटिभ

रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।

प्रतिबन्धित एन्टिबायोटिक ‘कोलिस्टन’ पशुपंक्षीमा प्रयोग

‘कोलिस्टिन’ नामक एन्टिबायोटिक मानिस होस् या पशुपंक्षीमा अन्तिम चरणमा मात्र प्रयोग गरिन्छ। यो भएका कुनै पनि एन्टिबायोटिकले काम नगरेको अवस्थमा मात्र प्रयोग गरिन्छ।

आकस्मिक तयारीका लागि सधैं चनाखो हुनुपर्छ-स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैं चनाखो हुनुपर्ने बताएका छन्।

वरिष्ठ स्नायु शल्यचिकित्सक प्राडा देवकोटाको अर्धकदको प्रतिमा अनावरण

वरिष्ठ स्नायु शल्यचिकित्सक प्राडा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ।

देशभरका अस्पतालमा सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग

नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ।

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ।

लैंगिक हिंसाविरुद्ध नयाँ रणनीति

घर खर्च चलाउन मजदूरीको काम समेत सुरु गरेकी उनको विदेशका श्रीमान्को भिडियो सान्त्वना र दिनरातको आफ्नै मेहनतले जीवन जसोतसो चलिरहेको हुन्छ।

‘जलन’ उपचारका लागि छैनन् अस्पताल र आइसीयु चिकित्सक

जलनको विशेष तालिम नलिएका चिकित्सकहरुलाई जलनको आइसीयु हेर्न गाह्रो हुने उनले बताए। जनरल आइसीयु हेर्ने चिकित्सकले जलनको आइसीयु हेर्न नसक्ने डा. नकर्मीको भनाइ छ।

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ।

आकस्मिक बाहेक देशभरका स्वास्थ्य संस्थाकाे सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

नेपाल चिकित्सक संघले शुक्रबार चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्