१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आकस्मिक तयारीका लागि सधैं चनाखो हुनुपर्छ-स्वास्थ्यमन्त्री बस्नेत

फाइल तस्वीर

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैं चनाखो हुनुपर्ने बताएका छन्। आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले आकस्मिक तयारीका लागि सबै पक्ष सधैं चनाखो हुनुपर्छ भने। ‘आकस्मिक तयारीका लागि हामी सधैं चनाखो हुनुपर्छ। यो कुनै एक ठाउँमा मात्रै हुने कुरा हैन तसर्थ मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्तिको तयारीमा लाग्न आग्रह गर्दछु’, मन्त्री बस्नेतले भने।

उनले संविधान प्रदत्त स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन्।

विश्वस्वास्थ्य संगठन नेपाल प्रमुख डाक्टर राजेश सम्भाजी राव पाण्डवले इएमटी देश र जनतालाई विपत्ति परेको समयमा तुरुन्तै प्रभावकारी सेवा प्रदान गर्न बनेको एउटा समूह भएको बताउँदै यो समूह समयमै समन्वय गरेर आपत्कालीन अवस्था ज्यान जोगाउन क्रियाशील हुनुपर्छ भने।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले देशभर २५  अस्पताल ‘हब स्याटेलाइट’ आकस्मिक सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको बताए। उनले अस्पतालको मापदण्ड अनुसार आकस्मिक योजना हुनुपर्ने बताए।

गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा. मदन उपाध्यायले आकस्मिक चिकित्सकीय समूह ‘इएमटी’ लाई कार्यान्वयनको चरणमा लैजान कार्यशालाको आयोजना गरिएको जनाउँदै पूर्वतयारीका कार्यलाई समेत लिएर दुई दिने छलफल गरिने बताए।

प्रकाशित: ८ असार २०८० ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App