२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

चिकित्सक संघले भन्योः काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन होस्

नेपाल चिकित्सक संघले निर्दोष चिकित्सकलाई पक्राउ गरी उनको मानमर्दन गरेको, मानसिक तनाव दिएको भन्दै त्यसमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ।

चिकित्सक संघले आफ्नो संघको आजीवन सदस्य रहेका  डा.रन्जीतकुमार यादवलाई पक्राउ गरी मानमर्दन गरेको र न्यूनतम मानवअधिकार हनन गरेको घटनामा ध्यानाकर्षण भएको बताएको छ।  

संघले नक्कली डाक्टर पक्राउ गर्ने नेपाल प्रहरीको अभियानका क्रममा काउन्सिलका अधिकारीले गलत विवरण उपलब्ध गराएको र सीआईबीले सोही व्यक्तिलाई पक्राउ गरेको भन्दै सो घटनामा संलग्नमाथी छानबिन र कारबाहीको माग गरेको छ।  

'घटनालाई गम्भीर रुपमा लिई कानुनी कारबाही अघि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघ यथाशीघ्र कडा कदम चाल्न बाध्य हुनेछ,' संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।  

प्रकाशित: २९ श्रावण २०८० ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App