२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रुकुमपूर्वमा डेंगु पोजेटिभ

रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।

उनी बिरामी भएर जँचाउन मंगलबार अस्पताल पुगेका थिए। डेंगुसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शंका लागेर परीक्षण गर्दा डेंगु पोजेटिभ देखाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जितेन्द्रराज कोइरालाले बताए। उनका अनुसार राईमा ज्वरो आउने र घाँटीमा सुन्निएको जस्तो देखिने समस्या देखिएको थियो।

पछिल्लो समय डेंगु बढ्दो क्रममा रहेकाले अस्पतालमा उपचारका लागि आउनेमध्ये लक्षण देखिएका शंकास्पद बिरामीमा परीक्षण गर्ने गरिएको डा.कोइरालाले बताए। सोही क्रममा राईको परीक्षण गर्दा जिल्लामै पहिलो पटक एकजनामा डेंगु पोजेटिभ देखिएको उनको भनाइ थियो।

अहिले अस्पतालमा डेंगु परीक्षण गर्ने किट संख्या न्यून मात्रामा छ। अब एक-दुई जना नयाँ संक्रमित थपिनेबित्तिकै ज्वरो आउने सबैमा परीक्षण गर्नुपर्ने हुन्छ’, डा.कोइरालाले भने, ‘हामीसँग किट कम भएकाले त्यतिबेला समस्या पर्न सक्छ।’

जिल्लामा आवश्यक पर्ने किट उपलब्धताका लागि सरोकारवाला निकायसँग समन्वय  गरिरहेको उनले बताए।

जिल्लामा संक्रमण देखिएपछि अन्यमा पनि डेंगु हुन सक्ने भएकाले सबैले आवश्यक सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ।

प्रकाशित: १७ श्रावण २०८० ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App