विश्वले नयाँ विचार खोजीरहेको छ : संयोजक भट्टराई
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले विश्ले नयाँ विचारको उज्यालो खोजिरहेको बेला नयाँ विचार दिन नयाँ शक्ति लुम्बिनी आएको बताएका छन्।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले विश्ले नयाँ विचारको उज्यालो खोजिरहेको बेला नयाँ विचार दिन नयाँ शक्ति लुम्बिनी आएको बताएका छन्।
सरकारले भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने भन्दै २१ आयोजनालाई राष्ट्रिय गौरवको घोषणा गरे पनि अधिकांशको काम सन्तोषजनक नभएको तथ्यांकले विकासको निराशाजनक अवस्था झल्काउँछ । राष्ट्रिय गौरव र प्राथमिकतामा राखिएका आयोजना निर्माण लक्षित समयमा सम्पन्न हुन त परै जाओस्, तोकिएभन्दा चारगुणा बढी समय लाग्ने गरेको देखिन्छ । उदाहरणका लागि तीन वर्षमा सक्ने लक्ष्य लिएको चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि ११ वर्ष लाग्यो।
नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अहिलेको सरकारले र मनपरी ढंगले जनताको हित विपरीत निर्णय गरीरहेको आरोप लगाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले काम चलाउ अवधिमा गरेका सबै निर्णयहरु नयाँ सरकारले पुर्नविचार गर्ने बताएका छन् ।
नेपाली कांग्रेसले प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको विषयमा निर्णय पुनर्विचार गर्न सर्वाेच्च अदालतलाई सुझाव दिएको छ। कांग्रेस नेता बालकृष्ण खाँडले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै चिकित्सा शिक्षा सुधारका लागि लडिरहेका डा. केसीप्रति आफूहरुको सम्मान रहेको बताउँदै भने, ‘उहाँप्रति हाम्रो सम्मान, आदर मान छ, सर्वोच्च अदालतले आफ्नो निर्णय पुनर्विचार गरोस्, तर न्यायलयप्रति पनि हाम्रो सम्मान छ।’
भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले नेपालमा बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजय प्राप्त गरेपछि मोदी सरकारले नेपालसँगको सम्बन्धमा पुर्नविचार गर्न आग्रह गरेको छ । ‘नेपालमा महत्वपूर्ण राजनीतिक विकास भएपछि भारतले नेपालप्रतिको धारणामा पुर्नविचार एवं परिवर्तन गर्नैपर्छ’ भाकपा (माक्र्सवादी)ले आफ्नो मुखपत्र लोक लहरको सम्पादकीयमा भनेको छ,‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरि समानतामा आधारित निकट सहयोगी सम्बन्ध स्थापना गर्न मोदी सरकारले प्रयास गर्नैपर्छ ।’
के वाम गठबन्धनले जितेमा कम्युनिस्ट अधिनायकवाद आउँछ नेपालमा ? म जस्ता व्यक्ति जसलाई ‘व्यक्तिको स्वतन्त्रता’ भन्दा ठूलो केही लाग्दैन अनि कांग्रेसले देशभित्रका कम्युनिस्टहरूको लोकतन्त्रीकरण गर्न सक्यो भनी गर्व अनुभव हुन्छ, विश्वास गर्न सहज छैन ।
सर्वोच्च अदालतले सुरक्षाकर्मी र कर्मचारीको मताधिकारबारे आयोगले नै विचार गर्नुपर्ने ठहर गरेको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनका राष्ट्रपति सि जिङपिङलाई बधाई सन्देश पठाएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय कँग्रेसबाट पार्टी महासचिव पदमा पुनःनिर्वाचित भएकोमा प्रधानमन्त्री देउवाले सिलाई बुधबार बधाई सन्देश पठाएका हुन्।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताएका छन्।
एमाले नेता योगेश भट्टराई यतिबेला पुनः सुरु भएको मेची–महाकाली अभियानका क्रममा सक्रिय छन्। सप्तरीमा आफ्नो पार्टीको कार्यक्रम बिथोलेपछि मधेसी मोर्चासँग निकै आक्रामक देखिएका उनी यसबीचमा गृहमन्त्री, कांग्रेस र माओवादीको भूमिकामा समेत शंका व्यक्त गर्दैछन्।
प्रधानन्यायाधीशसहित विभिन्न तहका अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवा सर्तसम्बन्धी संसद्मा विचाराधीन विधेयक परिमार्जन गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले सरकारसँग माग गरेको छ।
अर्थ मन्त्रालयले मंगलबार आयोजना गरेको पुँजीगत खर्चको मध्यावधि समीक्षामा धेरै मन्त्रालयका सचिवलगायत अर्थ सचिव पनि बजेट योजना तर्जुमामै पुनर्विचार गर्नुपर्ने निचोडमा पुगेका छन् ।
दसैँ, तिहार सकिएको छ । हिन्दु चाड भनेर विरोध गर्नेहरू पनि यी अवसरमा उल्लासमय मुडमा देखिन्छन्। राज्यले दिने लामो बिदा र अतिरिक्त तलब प्राप्तिका कारण यस्तो हुनु स्वाभाविक हो । हाम्रा अधिकांश युवाको दसैँ, तिहार भने सिर्जनशील काममा भन्दा मदिरा, मैमत्ता, तुजुक र मारपिटमा बित्ने गरेका छन् । बिना अर्थ र बिना कारण कतिले ज्यानै गुमाएका घटना खबर बनेर आउँछन् त कतिपय प्रसंग खबर बन्नै पाउँदैनन् ।
महोत्सवको बेलामा पनि जथाभावी खाएर फ्यालेका खानेकुराका प्याकेट, प्लास्टिक र कागजका बट्टा छरिएका हुन्छन्, तिनलाई कुल्चेर सबै जना हिँडिरहँदा पनि कसैले वास्ता गर्दैनन्। महोत्सव हुँदा कसले विचार गर्छ, सफाइको उत्सव पनि गर्नुपर्छ भनेर!