विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत
व्यवस्थापिका-संसद्को आजको बैठकमा “राजर्षिजनक विश्वविद्यालय विधेयक,२०७१”,माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ। शिक्षा मन्त्री धनीराम पौडेलले लामो समयदेखि अड्किँदै आएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।