४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

बालबालिकाहरु लामो समयदेखि प्रभावित रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्थामा वैकल्पिक माध्यमको सिकाइ सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समितिहरुलाई महासङ्घले आग्रह गरेको छ।

बालबालिकाको खाजा

आममान्छेको स्वास्थ्य, सिप र दक्षताको योग नै देशको क्षमता हो। आमबालबालिकाको स्वस्थ शरीर र उपयुक्त विकास भएन भने भोलिका नागरिक कस्ता होलान्?

बूढानीलकण्ठका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने

सामुदायिक विद्यालयबाट १० हजारको विद्यार्थी नपुगेको खण्डमा निजी विद्यालयका विद्यार्थीको पनि परीक्षण गर्ने उनको भनाइ छ।

सामुदायिक विद्यालयलाई खाजा पकाउने भाँडा

सरकारले विद्यालयमा दिवा खाजा लागू गरेपछि धेरै विद्यालयलाई खाजा पकाउनको लागि भाँडा वर्तन जुटाउन समस्या भएको सुनिएकोले नगरपालिकाले विद्यालय र बालबालिकाको सहयोगको लागि ग्याँस चुल्होको सम्पूर्ण सेटका साथै खाजा पकाउन आवश्यक पर्ने सम्पूर्ण भाँडाकुँडा किनेर हस्तान्तरण गरेको नगर प्रमुख कुशवाहाको भनाइ छ।

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ।

विद्यालयको प्रयोगशालाका लागि अनुदान

निर्देशनालयका अनुसार सामुदायिक विद्यालयमा विज्ञान विषय र सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी कार्यविधि २०७८ अनुसार छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ।

सामुदायिक विद्यालयका शिक्षकले तलब पाएनन्

सल्यानका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन्।

विद्यालय सञ्चालन हुन थाले

सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेका जनाएका छन्। ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो।

कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ ।

अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ।

कोरोनाका कारण तीन दर्जन शिक्षकको मृत्यु : खोपविना स्कुलमा पाइला नटेक्ने

शिक्षाकर्मीहरुका लागि तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने अन्यथा ‘नो स्कुल रिजुम्स, विथआउट भ्याक्सिन’ नारालाई आत्मसात गर्ने समेत बताए।

नौ महिनापछि खुले कालीकोटका सामुदायिक विद्यालय

कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन्।

सामुदायिक विद्यालयलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण

रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्रका सबै सामुदायिकलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । नगरभित्र रहेका १७ वटा सामुदायिक विद्यालयलाईउच्च स्तरको तातो चिसो आउने प्रबिधिको फिल्टर र छात्राहरुका लागि सेनेटरी प्याड विद्यालयलाई उपलब्ध गराइएको हो ।

तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजित

दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन्। उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो। गत आर्थिक वर्र्ष २०७५/०७६ मा १३ र चालु आवमा १९ विद्यालय गाभिएको उनको भनाइ छ।

निजीबाट सामुदायिक विद्यालय सञ्चालन खारेज गर्न माग

आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सामुदायिक विद्यालयको सम्पूर्ण व्यवस्थापन निजीलाई दिनु अपमानजनक रहेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उक्त व्यवस्था तत्काल खारेजीको माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाको नेतृत्वको टोलीले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर सामुदायिक विद्यालयको अपमान गर्ने व्यवस्था खारेज गर्ने मागसहित १६ बुँदे विज्ञप्ति बुझाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्