coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयलाई खाजा पकाउने भाँडा

रौतहटको एउटा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयलाई खाजा पकाउने ग्याँस चुल्हाे सेटका साथै भाँडा प्रदान गरेको छ। सरकारले विद्यालयमा विद्यार्थी टिकाउन र गुणस्तर बढाउनको लागि कक्षा पाँचसम्म अध्ययनरत बालबालिकाका लागि दिवा खाजा कार्यक्रम लागू गरेपछि विद्यालयहरुलाई खाजा पकाउनको लागि आवश्यक ग्याँस चुल्होका सम्पूर्ण सामग्री र खाजा पकाउनको लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा रौतहटको कटहरिया नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई उपलब्ध गराएको हो।

नगर प्रमुख सियाराम कुशवाहाले एक कार्यक्रमबीच नगरका सबै प्रधानाध्यापकलाई खाजा बनाउन आवश्यक पर्ने सामग्रीहरु मंगलवार हस्तान्तरण गरेका छन्। सरकारले विद्यालयमा दिवा खाजा लागू गरेपछि धेरै विद्यालयलाई खाजा पकाउनको लागि भाँडा वर्तन जुटाउन समस्या भएको सुनिएकोले नगरपालिकाले विद्यालय र बालबालिकाको सहयोगको लागि ग्याँस चुल्होको सम्पूर्ण सेटका साथै खाजा पकाउन आवश्यक पर्ने सम्पूर्ण भाँडाकुँडा किनेर हस्तान्तरण गरेको नगर प्रमुख कुशवाहाको भनाइ छ।  

खाजा व्यवस्थापन निर्देशिकाको अनुसूचीमा उल्लेख भए बमोजिम खाजा बनाउनको लागि आवश्यक पर्ने भाँडावर्तन र विद्यालयलाई खाजा बनाउनको लागि आवश्यकता हेरी केही थप भाँडा तथा सामानहरु नगरका सबै विद्यालयलाई हस्तान्तरण गरिएको शिक्षा संयोजक अनिलकुमार निधिले जानकारी गराएका छन्। नगरपालिकाले आफ्नो स्रोतबाट सबै सामग्री नगर क्षेत्रमा संचालित २४ सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको संयोजक निधिको भनाइ छ। कार्यक्रमको अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, नगर प्रवक्ता चन्दनप्रसाद कुशवाहासमेतको उपस्थिति रहेको थियो।

प्रकाशित: ३० कार्तिक २०७८ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App