१० असार २०८१ सोमबार
image/svg+xml

मिर्गौला बिरामीलाई युकेबाट साढे ७ लाख सहयोग

दुवै मिर्गौला फेल भएर उपचाररत उदयपुर गाइघाट घर भएकी ३५ वर्षीया मनिषा राईलाई युकेमा रहेका नेपालीहरुले करिब साढे ७ लाख आर्थिक सहयोग गरेका छन्।

विश्व मिर्गौला दिवशः आफ्नै गलत बानीले बिग्रन्छ मिर्गौला

शरीरको वजन बढिरहेको तथा उच्चरक्त चाप र मधुेमह जस्ता रोग छन् र नियन्त्रणमा छैनन् भने त्यसले मिर्गौला बिगार्न सक्ने खतरा देखिएको छ । प्रायः मानिसको आफ्नै गल्तीको कारण मिर्गौला बिग्रने क्रम बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा उनीहरूले यस्तो बताएका हुन् ।

मिर्गौला रोगीको चित्कारः बाँच्ने मन छ, बचाउने कसले ?

चार वर्षअघि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर)का कृष्ण खत्री घर बनाउने तयारी गर्दै थिए। घर निर्माणकै लागि दिनभर काठ ओसारेर बेलुका शकुसल सुतेका खत्री भोलीपल्ट बिरामी भएर व्यूझिए।

मिर्गौलाको समस्याबाट पीडित युवालाई प्रवासबाट सहयोग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका मिर्गौलाको समस्याबाट पीडित तेजबहादुर खड्कालाई प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण प्रकरण : चितवनबाट ६ जना पक्राउ, अस्पतालको आपत्ति

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा गैरकानुनीरुपमा मिर्गौला प्रत्यारोपण गराइएको आरोपमा त्यहाँ कार्यरत चार जना चिकित्सकसहित ६ जनालाई पक्राउ गरेको छ । एक जना कानुन व्यवसायी र एक जना निजामति कर्मचारीसमेत पक्राउ परेका हुन् ।

मिर्गौला पीडित गुरुङलाई सहयोग

याङ्जाकोटकी मिर्गौला पीडित रुपा गुरुङलाई ५ लाख ७६ हजार ७ सय ७० रुपैंया सहयोग गरिएको छ। याङ्जाकोट परिवार युके लगायत स्वदेशका विभिन्न सस्थाले उनलाई सहयोग गरेका हुन्।

मिर्गौला रोगीका लागि निःशुल्क एम्बुलेन्स सेवा

पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ।

मिर्गौलापिडितलाई निःशुल्क यातायात सेवा

जिल्लाका दुई पालिकाले मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामीका लागि निःशुल्क अस्पताल लैजाने ल्याउने व्यवस्था मिलाएका छन्।

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहिबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार संगौला आज अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

विद्यार्थीको मुटु र मिर्गौला परीक्षण

इच्छाकामना गाउँपालिकामा रहेको सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटार र जनप्रिय माध्यमिक विद्यालय काउलेमा अध्ययनरत एक हजार ५० जना विद्यार्थीको मुटु तथा मिर्गौलाको निःशुल्क परीक्षण गरिएको छ।

‘प्रधानमन्त्रीलाई सामान्य हुन ६ महिना लाग्छ’

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य मान्छेजस्तै सक्रिय हुन ६ महिनादेखि वर्षदिन लाग्ने उनको उपचारमा संलग्न चिकित्सले बताएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

मिर्गौला प्रत्यारोपण गरेको छैठौं दिन पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारकै स्थितिमा रहेको अस्पतालले जनाएको छ।

डिस्चार्जको समय अहिले भन्न सकिँदैन : चिकित्सक

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ। गत बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले नियमित खानपान, हिडडुल र व्यायामलाई निरन्तरता दिएको चिकित्सकहरुले बताएका छन्।

प्रधानमन्त्री हिँड्न थाले

मिर्गौला प्रत्यारोपणको तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस खाने कुरा खाएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्