१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मुख्य उत्पादन करारमा दिन नपाइने

लगानीकर्ताले आफ्नो मुख्य उत्पादन आफैं नगरेर अर्को कम्पनीलाई उत्पादन लगायतबजारीकरण र वितरण गर्न अनुमति दिँदै आएकोमा नयाँ कानुनले उत्पादनको काम अरुलाई दिन रोक्ने भएको छ।

अर्थमन्त्रीले भने, ‘प्राथमिकताको क्षेत्रमा मात्र विदेशी लगानी’

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको राष्ट्रिय हित विपरीत विदेशी लगानी नल्याउने बताएका छन्। राष्ट्रिय सभामा भएको सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन।

'विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन अपूरो'

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। उद्योग वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको वैठकमा सांसदहरुले विद्यमान ऐनले विदेशी लगानीको सीमा, प्रवेश तथा वर्हिगमन छुट सुविधा र सहुलियत तथा लगानी सुरक्षणको प्रत्याभुति दिलाउन नसकेको बताए ।

दुई वर्षभित्र लगानी नल्याए स्वत : खारेज

मुलुकमा विदेशी लगानी स्वीकृति भएको दुई वर्षभित्र उक्त लगानी ल्याउन सुरु नगरेमा स्वतः खारेज हुने भएको छ । विदेशी लगानीकर्ताले लगानीको प्रतिबद्धता जनाउने तर लगानी नगर्ने प्रवृत्ति बढ्दै गएपछि सरकारले त्यसलाई निरुत्साहित गर्न नयाँ नियम ल्याउन लागेको हो ।

मन्त्रीको विदेश सयरमा विज्ञको साटो श्रीमान्

सरकारी खर्चमा हुने विदेश भ्रमणको कोटामा सकेसम्म परिवारका सदस्यलाई लिएर जाने परम्परा सामान्य भइसकेको छ। यही परम्परा पछ्याउँदै कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले श्रीमान् लिएर विदेश भ्रमण गरेकी छन्।

‘बहुलवादी राज्यसत्ताभित्र एउटै राष्ट्रिय स्वार्थको खोजी सम्भव छैन’

हाल स्विजरल्यान्डमा विद्यावारिधि अनुसन्धानरत लेखनाथ पौडेल अन्तर्राष्ट्रिय मामिला विश्लेषणमा चिनिएको नाम हो। लामो समयदेखि सञ्चारमाध्यममा विश्लेषणात्मक लेख लेखेर परिचय बनाएका पौडेल अहिले केही स्थापित मान्यतामाथि प्रश्न उठाइरहेछन्। विदेश नीति सञ्चालनमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्छ भन्ने मान्यतालाई उनी मिथक ठान्छन्। दक्षिण एसिया भन्ने शब्दावली पनि मिथक मान्छन् र विदेश नीति निर्माण तथा सञ्चालन तर्कसंगत हुनुपर्छ भन्ने मान्यतालाई पनि असम्भव ठान्छन्। उनले ठानेका तीन मिथकबारे लक्ष्मण श्रेष्ठले गरेको कुराकानीः

पूर्वआयुक्त पाठकलाई विदेश जान प्रतिवन्ध

घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाइ विदेश जान प्रतिबन्ध लगाइएको छ। चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए। पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध छानबिन सुरु गरेको थियो। पाठक अहिले छानबिनकै क्रममा रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बताउँछन्। ‘उहाँमाथि छानबिन भइरहेको छ,’ दंगालले भने।

विदेशी लगानी सम्वन्धि कानून संशोधन गर्न माग

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै नेपाल पोलिसी इन्ष्टिच्युट (एनपीआई)ले संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

विदेशी लगानी स्वीकृति १५ दिनभित्रै

मुलुकमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले प्रक्रिया पुर्‍याएर निवेदन दिएको १५ दिनभित्रै स्वीकृति दिने गरी कानुन तयार गरेको छ। वैदेशिक लगानी आकर्षित गर्ने भन्दै यसअघिको झन्झटिलो कानुन खारेज गरी नयाँ ल्याउन लागेको हो।

विदेश भ्रमण जान गोलाप्रथा

विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ। विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो।

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गरेकोसरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ।

‘डेरी उद्योगमा विदेशी लगानी अनावश्यक’ : व्यवसायी

विदेशी लगानीसम्बन्धी विधेयकमा पशुपालन तथा दुग्ध व्यवसायमा विदेशी लगानी खुला गर्ने प्रस्तावको विरोध।

विदेशी बैंकमा खाता खोल्दा प्रदेशको स्वीकृति लिनुपर्ने

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको विधेयकमा सुशासन कायम गर्न र परदार्शिता अपनाउन यस्तो व्यवस्था गरिएको उल्लेख छ।

नेपाली कम्पनीले विदेशी पुँजी बजारमा सूचीकृत हुन पाउने

सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउन यहाँका पब्लिक कम्पनीलाई विदेशको पुँजी बजारमा सूचीकृत भई ऋणपत्र जारी गरेर विदेशी मुद्रा ल्याउने बाटो खोल्न लागेको छ।

अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

अष्ट्रियाकी विदेश मन्त्री करिन केनिसिल काठमाडौं आइपुगेकि छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएकि कनिसिलले परराष्ट्र मामिला अध्ययन केन्द्रले आयोजना गरेको 'नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रम'लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्