अष्ट्रियाकी विदेश मन्त्री नेपाल आउँदै
यूरोपका लागि संघीय मन्त्री एवं अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल बिहीबार काठमाडौं आउने भएकी छिन्। उनी अष्ट्रियाको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दुई पक्षीय भ्रमणका लागि नेपाल आउन लागेकी हुन्। विदेशमन्त्री करिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेकी हुन्। करिनले मन्त्री ज्ञवालीसँग दुई पक्ष्ीाय भेट गर्ने कार्यक्रम रहेको छ।