१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

रामनारायण बिडारी भन्छन्- विदेशीले नेपाली नागरिकता लिए, तत्काल खारेज गरौं

सत्तारुढ दलकै सांसदहरुले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्।

विदेशी ‘हाई प्रोफाइल’ नै बालयौन दुराचारी

दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रण लिएको थियो। प्रहरीका अनुसार अनुसन्धानपछि उनले नेपालमा रहँदा नेपाली बालकहरूमाथि यौन दुराचार गरेको गोप्य भिडियो र फोटो फेला पारेको थियो। पाउल नेपालमा युरोपियन युनियनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए। नेपाल रहँदा उनले बौद्धमा दुई दर्जनभन्दा धेरै बालबालिकालाई ललाईफकाई डेरामा लगेर गोप्य भिडियो बनाएर देखाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

विदेशीहरू सल्बलाए, राष्ट्रियता खतरामा पर्‍यो : कोइराला

विदेशी शक्तिहरू सल्बलाइरहेकाले राष्ट्रियता कमजोर भएको उनको भनाइ छ। राष्ट्रियता संरक्षणका लागि कांग्रेस सबैसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

धर्म प्रचारकको बिगबिगी बढ्दो

क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न दुई विदेशी नागरिकसहित प्रहरीले घोराहीबाट बुधबार पाँचजनालाई नियन्त्रणमा लियो।

विदेशिने कामदारलाई थप आर्थिक भार

वैदेशिक रोजगार ऐनलाई संशोधन गर्दै सरकारले मेनपावर कम्पनीको धरौटी ३० लाखबाट बढाएर ६ करोड पुर्याएको छ। तर वैदेशिक रोजगारीका नाममा हुने ठगि न्यूनीकरण हुने विश्वासले गरिएको धरौटी वृद्धिको असर अन्तत विदेशिने कामदार माथि पर्ने व्यवसायीहरुले बताएका छन्।

नेपालीहरुले साढे ६१ अर्ब विदेश भ्रमणमा सके

काठमाडौंको याक एन्ड यती होटलमा राष्ट्रबैंकको प्रिबजेट छलफल कार्यक्रममा भएको छलफल कार्यक्रममा यस्तो बताइएको हो। साथैै बाह्य पर्यटकले यो आर्थिक वर्षमा विदेशी पर्याटकले भने ४८ अर्ब रुपैयाँ नेपाल भ्रमणमा सकेका बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए।

अपदस्थ राष्ट्रपतिको घरमा भेटियो विदेशी मुद्राले भरिएको बोरा

हालै सेनाद्वारा अपदस्थ गरिएका सुडानका राष्ट्रपति ओमार अल–बसिरको निवासबाट सेनाले ठूलो परिमाणको विदेशी मुद्रा बरामद गरेको छ। सुरक्षा निकायले सुटकेस र बोरामा हालिएको अवस्थामा युरो, डलर र सुडानी मुद्रासमेत गरी कूल १३ करोड अमेरिकी डलरबराबर नगद फेला परेको बताएको छ।

विमानस्थलमा फेरि समातियो सुन, चार विदेशी महिला पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। आइतबार विमानस्थलबाट एक हजार ६ सय ग्राम सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका चारै जना महिला रहेको प्रहरीले जनाएको छ।

स्कूलमा प्रचीन मुद्रा प्रदर्शन

काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कुलमा प्रदर्शनी गर्न शुरु गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन्।

पूर्वअर्थमन्त्री आचार्यको प्रश्नः देशभित्र करको कचकच छ, विदेशी लगानीकर्ता कसरी आउँछ?

पूर्व अर्थमन्त्री महेश आचार्यले सरकारले लगानीको वाताबरण बनाउने नसकेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियनले आइतबार बागलुङमा आयोजना गरेको कार्यक्रममा बोल्दै आचार्यले विदेशी लगानीकर्तालाई रेड कार्पेट बिछाएर स्वागत गर्ने भनेको सरकारले भनाई अनुसारको काम गर्न नसकेको आरोप लगाए।

विदेशी लगानी र विकास

विकास के हो र कसरी हुन्छ भन्ने सवालमा थुप्रै अनुसन्धान भएका छन्। सो क्रम निरन्तर छ। ठोस र सर्वमान्य निष्कर्ष अझै प्राप्त हुन सकेको छैन। सामान्यतया लामो समयसम्मविकासलाई व्यक्ति, समाज र मुलुकको आर्थिक वृद्धि र प्रगतिको मापकबाट बुझ्ने र विश्लेषणगर्ने गरियो।जसले एकांकीय अर्थशास्त्रीय दृष्टिकोणमात्रै झल्काउँछ।

परीक्षणमा मोदी विदेश नीति

विभिन्न मुलुकले मूलतः देश सञ्चालनका लागि वा गृह र विदेश नीति सञ्चालनका लागि अध्यक्षतात्मक, संसदीय, मिश्रितलगायतकाशासन प्रणाली अपनाएका छन्। पश्चिमा मुलुकअमेरिकामा अध्यक्षतात्मक प्रणाली छ।

विदेश पलायन रोकौं

देश विकास गर्ने जनशक्ति भनेको जोश, जाँगर र नयाँ सोच बोकेका युवा नै हुन्। तर यही वर्ग अहिले देशमा अकल्पनीयरूपले घट्दै गएको छ। अहिले मुलुकमा युवा कति छन् भन्ने जानकारी तथ्यांक विभाग या सरकारसँग पनि छैन। २०६८ सालको जनगणनामा समेटिएका युवामध्ये अहिले धेरैजसो रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशमा छन्। यसरी विदेशिने क्रम हरेक वर्ष बढ्दै गएको छ। २०६८ सालपछि कुनै मध्यावधि जनगणना या सर्भे नगरिएका हुनाले यसरी कति युवा विदेश भासिए भन्ने आधिकारिक जानकारी सरकारसँग नभएको हो। विभिन्न निकायका तथ्यांकहरूबाट अनुमानमात्र गर्न सकिन्छ।

जानीनजानी अंग्रेजी नै बोल्नै पर्ने किन?

सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन हालै सम्पन्न भएको छ। चैत १५ र १६ गरी दुई दिनसम्म आयोजित लगानी सम्मेलन समापन भए पनि त्यसमा सहभागी मन्त्रीहरुको प्रस्तुति अहिले पनि चर्चामा छन्। लगानी सम्मेलनको सत्रमा सहभागी भएर आफ्ना भनाइ राख्ने क्रममा उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव, ऊर्जामन्त्री वर्षमान पुन तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको प्रस्तुतिमा भाषागत कमजोरी प्रस्टै देखियो।

मन्त्रिपरिषदबाट खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत

मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्