३ माघ २०८१ बिहीबार
image/svg+xml

ठूला क्याम्पसमै स्ववियू निर्वाचन हुन सकेन

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि आज मतदान मिति तोकिए पनि सबै क्याम्पसहरुमा निर्वाचन हुन सकेन। विद्यार्थी संगठनहरुबीचको विवादका कारण देशभरका सबै क्याम्पसमा निर्वाचन हुन नसकेको हो।

सानोठिमी क्याम्पसमा आगजनी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ। गए राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो।

सिंजा क्याम्पसमा नेविसंघका खत्री सर्वसम्मत

सिंजा बहुमुखी क्याम्पस, धाँपा जुम्लाको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका अमरसिंह खत्री सर्वसम्मत अध्यक्ष चुनिएका छन्। सबै विद्यार्थी संगठनहरुको सहमतिमा खत्री सभापति बनेको निर्वाचन अधिकृत नविन शर्माले जनाकारी दिए।

द्रब्य शाह क्याम्पस गोरखामा विष्फोट

फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गोरखाका दुईवटै क्याम्पमा तनाब सिर्जना भएको छ। एकमात्रै आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ भने द्रब्यशाह बहुमुखी क्याम्पसमा अज्ञात समूहले सुतली बम बिष्फोट गराएको छ।

धुलिखेल र पनौती क्याम्पसमा स्ववियु चुनावकाे उम्मेद्वारी दर्ता स्थगित

धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा शनिबार मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ।

विद्यार्थी नेताले नै गरे क्याम्पसमा आगजनी

पूर्ण समानुपातिक पद्दतीको निर्वाचन प्रणालीलगायतका माग राखी स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनको विरोधमा रहेका मधेसी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी गरेका छन्।

स्ववियु निर्वाचनले त्रिभुवन बहुमुखी क्याम्पसमा चहलपहल बढ्याे

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिकासहित आचारसंहिता जारी गरेसँगै जिल्लामा निर्वाचनको माहोल बढेको छ। जसका कारण त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थी चहलपहलले तीव्रता पाएको छ।

क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन, विप्लब माओवादीले अपहरण गरेको शंका

कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख सहित तीन जना बुधवार दिउँसो देखी सम्पर्क बिहिन भएका छन्। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीका नेताले स्ववियु निर्वाचनका गतिबिधी अघि नबढाउन दवाव दिन उनीहरुलाई नियन्त्रण लिएको बताएका छन। तीनै जनाको मोवाइल स्विच अफ गरिएको छ।

डुमरवाना बहुमुखी क्याम्पसले नवौं वार्षिकोत्सव मनायो

नेकपा एमाले सांसद एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले राज्यको शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नभएसम्म शिक्षा प्रणालीमा सुधार हुन नसक्ने बताएका छन्। बाराको डुमरवानास्थित डुमरवाना बहुमुखी क्याम्पसको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै सांसद पौडेलले शिक्षा व्यवसायिक र व्यवहारिक नभएसम्म स्वरोजगारी र व्यवसायिक बनाउन नसकिने बताए।

भर्ना बन्द गरेको भन्दै नेविसंघद्वारा क्याम्पसमा तालाबन्दी

पूर्वजानकारी बिनै बिद्यार्थी भर्ना बन्द गरिएको बिरोधमा नेपाल बिद्यार्थीसंघले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ। नेविसंघले आज क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा शाखा र परीक्षा शाखामा तालाबन्दी गरेको हो।

एमाले विद्यार्थी संगठनले देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा फहरायो

अनेरास्ववियुले मंगलबार देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ। स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराए।

जुम्ला क्याम्पसमा तीन वटा ताला

स्ववियु निर्वाचनको कार्यतालिका नजिकिदै गर्दा फर्जि विद्यार्थीको भर्ना दर वृद्धि भईरहेको भन्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाले जुम्ला वहुमुखी क्याम्पसमा तीन वटा ताला लगाएको छ।

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने

माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीले महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. पूर्णबहादुर चन्दलाई आइतबार उनकै कार्यकक्षमा थुनेको छ। विद्यार्थी र क्याम्पसको हितमा काम नगरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीका कार्यकर्ताले क्याम्पस प्रमुखलाई बिहान आधा घण्टा कार्यकक्षमा थुनेको हो।

दुर्घटनामा क्याम्पसका कर्मचारीको मृत्यु

धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ । से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कक्षाकोठा क्याम्पसबाट कम्युनिटीमा

वर्तमान समयमा प्राज्ञिक संस्थाहरूको भूमिका ठूलो छ । तर ज्ञानको सर्जक र प्रचारकका रूपमा स्थापित परम्परागत भूमिका आजको सन्दर्भमा अपूर्ण छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्